भरतपुरमा भूमिको निस्सा वितरण « Khabarhub

भरतपुरमा भूमिको निस्सा वितरण


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर – तवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरिएको हो ।

भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, वडा नं १४ का अध्यक्षसहितको टोलीले निस्सा वितरण गरे । पुर्जा वितरणको अन्तिम प्रक्रियाका लागि नापीको पनि काम सुरु भएको तिमिल्सिनाले जानकारी दिए। जिल्लाका तीन स्थानीय तहमा लालपुर्जा वितरणका लागि प्राविधिकसहितको टोली वडा वडामा खटिएको छ ।

लालपुर्जा वितरण चाँडै गरिने अध्यक्ष तिमिल्सिनाले बताए। आयोगले भरतपुर महानगरपालिकाको ६ तथा कालिका नगर र माडी नगरका तीन–तीन वडाबाट पहिलो चरणमा काम सुरु गरेको हो । भरतपुर महानगरमा मात्रै १० हजार २९, कालिका नगरमा पाँच हजार ५५९ र माडीनगरमा पाँच हजार ४५६ दलित, भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १२ : ०० बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा