आफ्नो बायोपिकमा टाइगरलाई हेर्न चाहन्छन् जेकी « Khabarhub

आफ्नो बायोपिकमा टाइगरलाई हेर्न चाहन्छन् जेकी


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता जेकी श्राफले मंगलबार आफ्नो ६४ औं जन्मदिन मनाए । जेकीको पहिचान बलिउडमा एक्सन र रोमान्टिक हिरोका रुपमा बनेको थियो । उनले बिना कुनै गडफादर फिल्म उद्योगमा आफ्नो स्थान बनाए र उनको गिन्ती बलिउडका दिग्गज अभिनेतामा हुन्छ । जेकीको जीवनलाई हेर्ने हो भने उनको जीवन एक बायोपिक कथाजस्तै छ ।

आफ्नो जन्मदिनमा उनले आफ्नो बायोपिकको विषयमा कुरा गरेका छन् । एक अन्तरवार्तामा उनले आफ्नो बायोपिकको नाम ‘भिडु, जग्गु’ हुने बताए । ‘यदि मेरो नाम लिनुपर्छ भने त्यो भिडु नै हुनेछ । तर मलाई थाहा छैन मलाई किन यो नामले बोलाउँछन्’, उनले भनेका छन् ।

उनलाई आफ्नो बायोपिकमा कुन अभिनेता हेर्न चाहनुहुन्छ ? भनी सोधिएको प्रश्नमा उनले छोरा टाइगर श्राफको नाम लिएका छन् । टाइगर आफूजस्तै देखिने विश्वास जेकीमा छ ।

जेकी आफ्नो फिल्म ‘हिरो’को रिमेक बनोस् भन्ने चाहन्छन् । यो रिमेकमा पनि जेकी छोरा टाइगरलाई नै हेर्न चाहन्छन् । सन् १९८२ मा फिल्म ‘स्वामी दादा’बाट बलिउडमा करियर सुरु गरेका उनले कैयौं राम्रा फिल्ममा अभिनय गरेका छन् । उनले हिन्दीबाहेक तमिल, तेलुगू, मलयालम, बंगाली, पंजाबी, भोजपुरी, गुजराती, कोंकणी, उडिया, कन्नड र मराठी फिल्ममा काम गरिसकेका छन् ।

जेकी पछिल्लोपटक अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’मा देखिएका थिए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ११ : ०८ बजे

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध