दोस्रो विवाह गर्ने महिलाभन्दा पुरुषको संख्या धेरै « Khabarhub

दोस्रो विवाह गर्ने महिलाभन्दा पुरुषको संख्या धेरै


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– श्रीमान वैदेशिक रोजगारीमा गएपछि घरपरिवार धानेर बसेका महिलालाई समाजले अनेक लाञ्छना लगाउँछ । ‘श्रीमानको कमाई कुम्लाएर श्रीमती पोइल जान्छन्’, ‘वैदेशिक रोजगारीले परिवार भाँडियो’ जस्ता भनाइ जताततै सुन्न पाइन्छ ।

श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाहरूको बाह्य सम्बन्धका बारेमा पनि खुब चर्चा सुनिन्छ । वैदेशिक रोजगारीमा गएकाहरूले यस्ता चर्चाकै कारण आफ्ना श्रीमतीमाथि अनावश्यक शंका गरेकैले पारिवारिक बेमेल हुने गरेको छ । समाजका अगुवा र जाने बुझेकैहरुले श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलाहरूलाई अति सामान्य रूपमा टिप्पणी गर्दा समाजमा उनीहरूलाई हेर्ने दृष्टिकोणै गलत स्थापित भइरहेको छ । श्रीमान् विदेशमा भए पनि घरपरिवार धानेर बसेका महिलाको चरित्रमाथि प्रश्न उठ्ने गरेको छ । तर, यथार्थ त्यस्तो छैन ।

श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाहरूको तुलनामा श्रीमती वैदेशिक रोजगारीमा गएका पुरुषहरूले बढी दोस्रो विवाह गर्ने गरेको पाइएको छ । सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीको पार्श्वचित्र बनाउनको लागि संकलन गरेको तथ्यांकअनुसार महिलाको तुलनामा दोस्रो विवाह गर्ने पुरुषको अनुपात धेरै छ ।

पाँचथर, भोजपुर मोरङ र सुनसरी जिल्लाको एक÷एक पालिकाको तथ्यांक महिलाको तुलनामा दोस्रो विवाह गर्ने पुरुषको अनुपात धेरै छ । चार जिल्लाको तीन हजार तीन सय ९२ घरपरिवारका चार हजार तीन सय ८७ पुरुष र पाँच ३१ महिला हाल वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा रहेका चार हजार तीन सय ८७ पुरुषमध्ये एक हजार दुई सय २५५ पुरुष विवाहित छन् । हाल वैदेशिक रोजगारीमा रहिरहेका एक हजार दुई सय ५५ पुरुषका ४५ जना श्रीमतीले दोस्रो विवाह गरेका छन् । दोस्रो विवाह गर्नेमा ३ प्रतिशत महिला मात्रै छन् ।

वैदेशिक रोजगारीमा पाँच सय १३ जनामा एक सय ६० विवाहित छन् । एक सय ६० जना वैदेशिक रोजगारीमा रहेका विवाहित महिलाको ५४ पुरुषले दोस्रो विवाह गरेको सुरक्षित आप्रवासन परियोजनाको तथ्यांक छ । दोस्रो विवाह गर्ने ३४ प्रतिशत पुरुष छन् ।

यस्तै इलाममा पनि दोस्रो विवाह गर्नेमा महिलाको तुलनामा पुरुष नै बढी छ । वैदेशिक रोजगारीसम्बन्धी पार्श्वचित्र तयारीको लागि संकलित तथ्यांकअनुसार वैदेशिक रोजगारीमा रहेका दोस्रो विवाह गर्ने महिला १ दशमलव ७७ प्रतिशत मात्रै छन् भने श्रीमती वैदेशिक रोजगारीमा रहेका दोस्रो विवाह गर्ने पुरुष १३ प्रतिशत रहेको सुरक्षित आप्रवासन परियोजनाले जानकारी दिएको छ ।

इलाम नगरपालिका क्षेत्रमा एक हजार चार सय १५ परिवारका एक हजार दुई सय ३७ पुरुष र दुई सय दुईजना महिला वैदेशिक रोजगारीमा छन् । एक हजार दुई सय ३७ मध्ये आठ सय ७९ जना पुरुष र दुई सयमध्ये एक सय ३६ महिला विवाहपछि वैदेशिक रोजगारीमा गएका हुन् । एक सय ३६ महिलाको २६ जना पुरुषले श्रीमती विदेश गएपछि दोस्रो विवाह गरेका छन् । आठ सय ७९ पुरुषको २२ जना श्रीमतीले दोस्रो विवाह गरेको सामी परियोजनाको कार्यक्रम अधिकृत रामकुमार कर्णले जानकारी दिए ।

कलंक महिलालाई लाग्ने भए पनि यथार्थमा भने अर्कै अवस्था रहेको कर्णले बताए । ‘धेरै आक्षेप महिलालाई लाग्ने गरेको छ, तर यथार्थ अर्कै छ’, कार्यक्रम अधिकृत कर्णले भने, यसले महिलाहरूले अनावश्यक तनाव खेप्नु परेको । हाम्रो पितृसत्तात्मक सोचका कारण महिलाले आक्षेप भोग्नु परेको हो ।’

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १ : ४५ बजे

फिल्म ‘टिका’ बन्ने; महेश, वर्षा र ऋचा शीर्ष भूमिकामा

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी फिल्म ‘टिका’ निर्माण

विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल : कानुनमन्त्री सिन्हा

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले विषम परिस्थितिमा

दोलखामा जगदीश खरेल विजयी

दोलखा- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश

देउवालाई नैतिकताको पाठ पढाउने गगन अब के गर्लान् ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा लोकतन्त्र, विधिको शासन, सदाचारिता,

एमालेको इतिहासमै लज्जास्पद नतिजा : प्रत्यक्षतर्फ उठेका सबै पदाधिकारी पराजित

काठमाडौं- फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले