सलमानसँग भ्यालेन्टाइन मनाउदै कटरीना « Khabarhub

सलमानसँग भ्यालेन्टाइन मनाउदै कटरीना


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउडको ‘ट्रेन्डिङ जोडी’ विकी कौशल र कटरीना कैफ विवाहपछि हरेक उत्सवलाई सँगै मनाउने पूर्ण प्रयास गरिरहेका छन् । तर, विवाह पछिको पहिलो भ्यालेन्टाइन भने यो जोडीले सँगै नमनाउने भएका छन् ।

कटरीना आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङका कारण विकीसँग भ्यालेन्टाइन मनाउन नपाउने भएकी हुन् । त्यसअर्थमा उनको यसपटकको भ्यालेन्टाइन अभिनेता सलमान खानसँग हुनेछ । अभिनेता सलमान खान र अभिनेत्री कटरीनाको ‘टाइगर ३’को अन्तिम सुटिङ तालिका जनवरीमा हुनुपर्ने थियो । तर, कोभिड १९ को बढ्दो संक्रमणका कारण फिल्मको दिल्ली सेड्युल रोक्नु परेको थियो ।

अहिले निर्माताहरूले नयाँ सुटिङ तालिकाको योजना बनाएका छन् । उनीहरू मध्ये फेब्रुअरीमा फिल्मको अन्तिम सेड्युल पूरा गर्ने योजनामा छन् । यो समय तालिका १५ दिनको हुनेछ । जसमा चेज सिक्वेन्समा फोकस गरिनेछ ।

निर्देशक मनिष शर्मा फिल्मको केही एक्सन दृश्य नयाँ दिल्लीको सडकमा खिच्न चाहन्छन् । फिल्म नयाँ दिल्लीको ऐतिहासिक स्थानमा खिचिनेछ, जसमा लाल किल्ला पनि पर्दछ । प्रोडक्सन टिमले कोभिड प्रोटोकललाई पूर्ण रुपमा पालना गर्ने तयारीमा छ । सलमान र कटरीना १२ फेब्रुअरीसम्ममा नयाँ दिल्लीमा पुग्नेछन् र १४ फेब्रुअरीबाट फिल्मको काम सुरु गर्नेछन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १ : ३१ बजे

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले

‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि

सर्पदंशलाई सामान्य नठानौँ, जीवन बचाऔं : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वर्षायाममा सर्पदंशका घटना बढ्ने

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने