दक्षिण कोरिया एसियाबाट कतार विश्वकपमा स्थान बनाउने दोस्रो टिम | Khabarhub Khabarhub

दक्षिण कोरिया एसियाबाट कतार विश्वकपमा स्थान बनाउने दोस्रो टिम


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण कोरिया कतार विश्वकप-२०२२ का लागि स्थान बनाउने दोस्रो एसियाली राष्ट्र बनेको छ ।

यसै हप्ता इरान विश्वकपमा छनोट हुँदा मंगलबार भएको खेलमा घरेलु टोली सिरियालाई २-० ले पराजित गर्दै कोरियाले विश्वकपमा स्थान बनाएको हो । दुबईको अल रसिद मैदानमा भएको खेलमा कोरियालाई जिताउन जिन सु किम र चिङ हुनले एक-एक गोल गरे ।

यससँगै समूह ‘ए’ बाट विश्वकपमा दुई टोलीले स्थान बनाए । इरान आठ खेलबाट २२ अंकसहित शीर्षस्थानमा रहँदै यसअघि नै विश्वकपमा स्थान बनाएको छ । समान आठ खेलमा २० अंक जोडेको कोरिया दोस्रो स्थानमा रहँदै छनोट भयो ।

यता, समूह ‘बी’ को खेलमा जापानले घरेलु मैदानमा साउदी अरेबियालाई २-० अन्तरले पराजित गर्यो । जापानको जितमा तुकुमी मिनामिनो र जुन्या इतोले एक एक गोल गरे । जापानको जितसँगै समूह ‘बी’ मा विश्वकपमा स्थान बनाउन तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।

आठ खेलबाट साउदी १९ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको जापानको १८ अंक छ भने १५ अंकको अष्ट्रेलिया तेस्रो स्थानमा छ ।

मंगलबार नै भएको खेलमा अष्ट्रेलियाले ओमानसँग २–२ गोलको बराबरी खेल्यो । यस समूहबाट समेत दुई टोली विश्वकपमा सिधै स्थान बनाउने छन् । दुवै समूहका तेस्रो टोलीबाट विजेता हुने टिमले दक्षिण अमेरिकी पाँचौ टोलीसँग प्रतिस्पर्धा गर्दै विश्वकपको ढोका खोल्न सक्नेछ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ३५ बजे

अलास्कामा पुटिन–ट्रम्प शिखर वार्ता सुरू, युक्रेन युद्धसहित यस्ता छन् एजेन्डा

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

अलास्कामा पुटिनका लागि ‘रेड कार्पेट’, विमानस्थलको रनवेमै पुगेर स्वागत गरे ट्रम्पले

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा

ट्रम्पपछि पुटिन पनि वार्ताका लागि अलास्काको एंकरिजमा उत्रिए

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको विमान अलास्काको एंकरिजस्थित संयुक्त बेस

वार्ताका लागि अलास्कामा उत्रिए ट्रम्प, रूसबाट पुटिनसँग यी अधिकारी सहभागी हुँदै

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्ष डोनाल्ड

पुटिनलाई भेट्नुअघि ट्रम्पले भने, ‘वार्ता राम्रो नभए टेबल छाडेर हिँड्छु’

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता