काठमाडौँ उपत्यकामा थपिए १ हजार ५०९ संक्रमित | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए १ हजार ५०९ संक्रमित


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५०९ संक्रमित थपिएका छन् ।

मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ जिल्लामा मात्र १ हजार २४९ संक्रमित थपिएका छन् ।
त्यस्तै ललितपुरमा १८३ संक्रमित थपिएका छन् । भक्तपुर जिल्लामा ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार ६०५ जनामा गरिएको परीक्षणमा आज नेपालमा ३ हजार १७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ८ हजार ७२३ जनाले कोरोनालाई जितेका छन् । १४ संक्रमितको मृत्यु भएको छ ।

अहिले देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित छन् ।

नेपालमा थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ७ : ४५ बजे

पौवादुङमाको खुर्सानी खेती : बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका

लहान नगरपालिकाद्वारा विपन्न दलित समुदायलाई सहयोग

सिरहा– लहान नगरपालिका–१५ स्थित लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायका बाबुआमाको एक

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ