सुपरहिरो अवतारमा देखिए धोनी | Khabarhub Khabarhub

सुपरहिरो अवतारमा देखिए धोनी


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुईपटक विश्वकप क्रिकेट जितेका भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले जीवनको फरक यात्रा सुरु गरेका छन् । उनी चाँडै नै एनिमेटेड सिरिजको विश्वमा पाइला चाल्दैछन् । मिथोलोजिकल साइन्स फिक्सन नोबल ‘अथर्वः द ओरिजिनल’मा धोनी सुपरहिरो अवतारमा देखिँदैछन् ।

यिनै धोनीले आफ्नो यो सुपरहिरो अवतारको पहिलो झलक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले नोबलको टिजर पनि रिलिज गरेका छन् । सार्वजनिक ग्राफिक नोबलको टिजरमा धोनीको एनिमेटेड अवतार हेर्न सकिन्छ । ‘मलाई आफ्नो नयाँ अवतारको घोषणा गर्न पाउँदा खुशी लागेको छ । …अथर्व’, उनले लेखेका छन् ।

टिजरमा धोनीलाई कैयौं राक्षसलाई परास्त गरेको एक योद्धाको रुपमा देखाइएको छ । लामो कपालमा देखिएका धोनीको योद्धा अवतारले सामाजिक सञ्जालमा तारिफ पाइरहेको छ । फ्यानले उनलाई भगवान शिवको रुपसँग तुलना गरेका छन् ।

‘अथर्वः द ओरिजिन’ एक पौराणिक काल्पनिक कथा हो । जसको कथामा एक योद्धाले दानव र राक्षसहरुलाई परास्त गरेको हेर्न पाइनेछ । उपन्यासको कथामा ‘अथर्व’को एक साहसी राजालाई देखाइएको छ । एक युवा राजाले आफ्नो भाग्यसँग लडेको कथा ‘अथर्वः द ओरिजिनल’मा दर्शकले हेर्नेछन् । यो एक काल्पनिक कथा भएकाले यसमा कुनै ऐतिहासिक या पौराणिक धार्मिक कथा नरहेको निर्माण पक्षले जनाएको छ ।

धोनीको ‘अथर्वः द ओरिजिन’लाई ‘न्यू एज ग्राफिक नोबल’का रुपमा मानिएको छ । यो नोबल लेखक रमेश थमिलमनीको यही नामको अप्रकाशित पुस्तकको एडप्टेसन हो । यो नोबललाई धोनी इन्टरटेनमेन्टले सार्वजनिक गर्दैछ । धोनी इन्टरटेनमेन्ट धोनीकी पत्नी साक्षीले हेरिरहेकी छन् ।

इन्टरटेनमेन्टका अनुसार ‘अथर्व’ एक थ्रिलर ग्राफिक नोबल हुनेछ । यसमा कैयौं रोचक कथा देखाइनेछ । लेखक थमिलमनी यो ग्राफिक नोबलमा लामो समयदेखि काम गरिरहेका छन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ९ : १५ बजे

प्रधानमन्त्रीले कांग्रेस नेताहरूसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोधबारे नेपाली कांग्रेसका नेताहरुसँग

सिजनको अन्तिम खेलमा मुम्बई पराजित : १८ रनको जितले लखनउ प्लेअफ पुग्न असफल

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतिसहित तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार