सुपरहिरो अवतारमा देखिए धोनी « Khabarhub

सुपरहिरो अवतारमा देखिए धोनी


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुईपटक विश्वकप क्रिकेट जितेका भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले जीवनको फरक यात्रा सुरु गरेका छन् । उनी चाँडै नै एनिमेटेड सिरिजको विश्वमा पाइला चाल्दैछन् । मिथोलोजिकल साइन्स फिक्सन नोबल ‘अथर्वः द ओरिजिनल’मा धोनी सुपरहिरो अवतारमा देखिँदैछन् ।

यिनै धोनीले आफ्नो यो सुपरहिरो अवतारको पहिलो झलक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले नोबलको टिजर पनि रिलिज गरेका छन् । सार्वजनिक ग्राफिक नोबलको टिजरमा धोनीको एनिमेटेड अवतार हेर्न सकिन्छ । ‘मलाई आफ्नो नयाँ अवतारको घोषणा गर्न पाउँदा खुशी लागेको छ । …अथर्व’, उनले लेखेका छन् ।

टिजरमा धोनीलाई कैयौं राक्षसलाई परास्त गरेको एक योद्धाको रुपमा देखाइएको छ । लामो कपालमा देखिएका धोनीको योद्धा अवतारले सामाजिक सञ्जालमा तारिफ पाइरहेको छ । फ्यानले उनलाई भगवान शिवको रुपसँग तुलना गरेका छन् ।

‘अथर्वः द ओरिजिन’ एक पौराणिक काल्पनिक कथा हो । जसको कथामा एक योद्धाले दानव र राक्षसहरुलाई परास्त गरेको हेर्न पाइनेछ । उपन्यासको कथामा ‘अथर्व’को एक साहसी राजालाई देखाइएको छ । एक युवा राजाले आफ्नो भाग्यसँग लडेको कथा ‘अथर्वः द ओरिजिनल’मा दर्शकले हेर्नेछन् । यो एक काल्पनिक कथा भएकाले यसमा कुनै ऐतिहासिक या पौराणिक धार्मिक कथा नरहेको निर्माण पक्षले जनाएको छ ।

धोनीको ‘अथर्वः द ओरिजिन’लाई ‘न्यू एज ग्राफिक नोबल’का रुपमा मानिएको छ । यो नोबल लेखक रमेश थमिलमनीको यही नामको अप्रकाशित पुस्तकको एडप्टेसन हो । यो नोबललाई धोनी इन्टरटेनमेन्टले सार्वजनिक गर्दैछ । धोनी इन्टरटेनमेन्ट धोनीकी पत्नी साक्षीले हेरिरहेकी छन् ।

इन्टरटेनमेन्टका अनुसार ‘अथर्व’ एक थ्रिलर ग्राफिक नोबल हुनेछ । यसमा कैयौं रोचक कथा देखाइनेछ । लेखक थमिलमनी यो ग्राफिक नोबलमा लामो समयदेखि काम गरिरहेका छन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ९ : १५ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण