निद्रा लाग्दै लाग्दैन ? यो विधि अपनाउ नुहोस् « Khabarhub

निद्रा लाग्दै लाग्दैन ? यो विधि अपनाउ नुहोस्


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दिनभरि थकानका बाबजुद कतिपय मानिसलाई राति राम्ररी निन्द्रा पर्दैन । ओछ्यानमा पल्टेको निकै बेरसम्म सुत्न नसक्दा मानिसलाई तनाव हुन्छ । यस्तोमा केही उपाय छन् जसले छिट्टै निन्द्रा लगाउने गर्दछ ।

सुरुमा जिब्रोलाई दाँतको भित्रपट्टि च्यापुमा लगेर टाँस्नुहोस् र बिस्तारै सास तान्नुहोस् । अब सास आफूलाई सहज हुने अवस्थासम्म रोक्नुहोस् र केहिबेरमा बिस्तारै छाड्नुहोस् । यसो गर्दा शरीरले अक्सिजन सोस्ने प्रशस्त मौका पाउँछ र सबै अंगलाई ऊर्जा दिन पाउँछ । रगतमा अक्सिजनको मात्रा बढ्छ र शरीरले आनन्द महसुस गर्छ । यो अभ्यास जस्तोसुकै स्थितिमा पनि गर्न सकिन्छ । तनाव वा त्रासको स्थितिमा पनि यो अभ्यासले शरीर लाही शान्त बनाउँछ । यस अलावा उच्च रक्तचापविरुद्ध लड्न यो राम्रो उपाय हो ।

सुरुमा यो अभ्यास बिहान र बेलुका ४ चोटि गर्नुहोस् । दुई महिनापछि भने आठ चोटि गर्नुहोस् । नियमित अभ्यास गर्दा मात्र यो प्रभावकारी हुन्छ । निन्द्रा लगाउन अरू उपाय भन्दा यो अभ्यास अपनाएर मज्जाले सुत्न सकिन्छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ६ : ०६ बजे

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना