‘एन्टी–डम्पिङ तथा काउन्टरलेभिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ समितिबाट पारित | Khabarhub Khabarhub

‘एन्टी–डम्पिङ तथा काउन्टरलेभिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ समितिबाट पारित


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘सेफगाड्र्स, एन्टी–डम्पिङ तथा काउन्टरलेभिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सुझावसहित पारित गरेको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सो विधेयक सुझावसहित पारित गरेको हो । सम्बन्धित निकायको सुझावसहित सो विधेयक पारित गरिएको समितिका सभापति विमलप्रसाद श्रीबास्तवले जानकारी दिए । समितिको बैठकले सो विधेयक प्रतिनिधिसभा बैठकमा पेश गर्ने निर्णय पनि गरेको छ ।

आयातित बस्तुका कारण स्वदेशी उद्योगलाई हुने गम्भिर हानी तथा नोक्सानीबाट रोक्ने कानुनी व्यवस्था गर्न सरकारले सो विधेयक ल्याएको हो । विधेयकमा स्वदेशी उद्योगलाई गम्भिर नोक्सान पु¥याउने गरी कुनै पनि बस्तुको आयात भएमा त्यसलाई रोक्न भन्सारमा अतिरिक्त महशुल लगाउने, त्यस्तो माल बस्तुको आयातमा पूर्ण वा आंशिक परिमाणात्मक बन्देज लगाउने प्रावधान राखिएको छ ।

स्वदेशी उद्योगको हितका लागि अतिआवश्यक सो विधेयक समितिले आवश्यक छलफल गरी पारित गरेकोमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले समितिप्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ३ : ५२ बजे

आज २०८२ साल कात्तिक ९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी