इन्स्टाग्रामबाट अलग्गिइन् नोरा | Khabarhub Khabarhub

इन्स्टाग्रामबाट अलग्गिइन् नोरा


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउडकी ‘दिलबर गर्ल’ नोरा फतेही सामाजिक सञ्जालमा आफ्नो हरेक साना–ठूला गतिविधिलाई अपडेट गरिरहन्छिन् । यद्यपि अब उनले फ्यानबाट आफूलाई टाढा राख्ने निर्णय लिएकी छन् । अभिनेत्रीले शुक्रबार आफ्नो इन्स्टाग्राम एकाउण्ट हटाएर सबैलाई चकित बनाएकी छन् ।

उनको इन्स्टाग्राम एकाउण्टमा ३७ दशमलब ६ मिलियन फलोर्स थिए । तर एकाउण्ट हटाएपछि उनको पोस्ट, फलोअर्स र फलोइङ जिरो देखिएको छ । अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय थिइन् । उनी जहिल्यै आफ्नो ग्ल्यामर तस्वीर शेयर गर्थिइन् । उनले के कारणले इन्स्टाग्रामलाई हटाइन भन्ने खुल्न सकेको छैन ।

उनले एकाउण्ट हटाउनु केही अघिसम्म आफ्नो दुबई बिदाको तस्वीर राखेकी थिइन् । यो पोस्टमा उनले दुई सिंहसँगको तस्वीर राखेकी थिइन् ।

नोरा हालका दिनमा आफ्ना नजिकका साथीहरुसँग दुबईमा बिदा मनाइरहेकी छन् । जहाँबाट उनले केही दिन यता भिडियो र फोटो सामाजिक सञ्जालमा राख्ने गरेकी थिइन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १० : २१ बजे

प्रचण्ड नेतृत्वको नेकपासँग एकताबारे छलफलमा अशोक राईको जसपा

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरणबारे छलफल गर्न अशोक राई नेतृत्वको

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

काठमाडौं– सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

बक्स अफिसमा कमाल गर्न सकेन ‘जारी २’ले

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

निर्वाचनका लागि आयोगमा दर्ता भयो रास्वपा (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ मा हुने प्रतिनिधि

मधेशका पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले मधेश प्रदेशसभाका पाँचजना सदस्यहरूलाई पदमुक्त नगर्न अल्पकालीन