रामकृष्ण हुमागाईँ कांग्रेस छाडेर फेरि एमालेमा   | Khabarhub Khabarhub

रामकृष्ण हुमागाईँ कांग्रेस छाडेर फेरि एमालेमा  


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरका नेता रामकृष्ण हुमागाईँ नेकपा एमालेमा फर्किएका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उनी एमालेमा फर्कन राजी भएका हुन् ।

एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले हुमागाईंसँग सघन वार्तापछि उनी एमालेमा फर्कन तयार भएको बताए । उनले भने, ‘हामी उहाँलाई पार्टीकै महत्त्वपूर्ण जिम्मेवारी दिँदैछौं ।’

गत निर्वाचनमा प्रदेश सासंदको उम्मेदवारी दिने लगभग पक्का भएको अवस्थामा उनले टिकट नपाउँदा असन्तुष्ट बनेका थिए । तत्कालीन समयमा  माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उनले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

कांग्रेसको जिल्ला अधिवेशनमा उनी आन्तरिक प्रतिस्पर्धा प्राथमिकतामा नपर्दा निराश भए । केही समयअघि उनले सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गरेका थिए ।

बालकोटमा राति अबेरसम्म भएको छलफलमा संघीय सांसद नवराज सिलवाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, स्थायी कमिटी सदस्य सुशीला नेपाललगायत सहभागी थिए ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ४९ बजे

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक

पाँच सडकखण्ड अझै अवरुद्ध, आठ खण्डमा एकतर्फी

काठमाडौं– यही असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण

साउनयता गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी– डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार

कस्तो रहला आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी

हेलेनपछि अमेरिकामा मिल्टन आँधी : फ्लोरिडा छोड्न चाहनेका लागि उडान थपिए

फ्लोरिडा – केही दिन अघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा