माछा खाँदा फाइदै फाइदा | Khabarhub Khabarhub

माछा खाँदा फाइदै फाइदा


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माछा खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ । माछा, ओमेगा ३ एसिडको प्रमुख स्रोत हो । ओमेगा–३ ले मस्तिष्क र आँखाको रेटिनाका स्नायुतन्त्रिकाको निर्माण र गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ ।

गर्भावस्थामा आमाले ओमेगा–३ पर्याप्त मात्रामा पाएको छैन भने असमयमा नै बच्चा जन्मने सम्भावना बढी रहन्छ । यस्तै माछाको तेलमा पर्याप्त मात्रामा पाइने ओमेगा–३ एसिडले हृदयाघात तथा क्यान्सरको रोगसँग लड्न र त्यसलाई रोक्न समेत मद्दत पुर्‍याउने गर्दछ ।

हप्ताको चार पटकसम्म माछा खाने धूम्रपान गर्नेहरूमा चुरोटको कारण हुने विभिन्न रोगहरू आधा कम हुने गर्दछ । माछा नखाने मानिसको तुलनामा माछा खाने मानिसमा अत्यधिक धूम्रपानको कारण लाग्ने ब्रोङकाइटिस, दमजस्ता रोगहरूको असर कम हुने गर्छ । तर यसको अर्थ माछा खाएपछि जति धूम्रपान गरे पनि हुन्छ भन्ने चाहिँ होइन ।

बाथ तथा जोर्नी दुख्ने रोगहरूमा पनि ओमेगा ३ उपयोगी देखिएको छ । बाथ रोगीहरूले नियमित रूपमा माछाको तेल खाने हो भने रोगको असर निक्कै कम गर्न सकिन्छ । त्यसै गरी बुढ्यौलीका कारण मानिसको कमजोर दृष्टि हुने तथा सोच्ने र सम्झने क्षमता घट्ने समस्यामा पनि माछा नियमित खाने गर्दा निक्कै फाइदा पुग्दछ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : ५४ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो