माछा खाँदा फाइदै फाइदा « Khabarhub

माछा खाँदा फाइदै फाइदा


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माछा खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ । माछा, ओमेगा ३ एसिडको प्रमुख स्रोत हो । ओमेगा–३ ले मस्तिष्क र आँखाको रेटिनाका स्नायुतन्त्रिकाको निर्माण र गतिविधिमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ ।

गर्भावस्थामा आमाले ओमेगा–३ पर्याप्त मात्रामा पाएको छैन भने असमयमा नै बच्चा जन्मने सम्भावना बढी रहन्छ । यस्तै माछाको तेलमा पर्याप्त मात्रामा पाइने ओमेगा–३ एसिडले हृदयाघात तथा क्यान्सरको रोगसँग लड्न र त्यसलाई रोक्न समेत मद्दत पुर्‍याउने गर्दछ ।

हप्ताको चार पटकसम्म माछा खाने धूम्रपान गर्नेहरूमा चुरोटको कारण हुने विभिन्न रोगहरू आधा कम हुने गर्दछ । माछा नखाने मानिसको तुलनामा माछा खाने मानिसमा अत्यधिक धूम्रपानको कारण लाग्ने ब्रोङकाइटिस, दमजस्ता रोगहरूको असर कम हुने गर्छ । तर यसको अर्थ माछा खाएपछि जति धूम्रपान गरे पनि हुन्छ भन्ने चाहिँ होइन ।

बाथ तथा जोर्नी दुख्ने रोगहरूमा पनि ओमेगा ३ उपयोगी देखिएको छ । बाथ रोगीहरूले नियमित रूपमा माछाको तेल खाने हो भने रोगको असर निक्कै कम गर्न सकिन्छ । त्यसै गरी बुढ्यौलीका कारण मानिसको कमजोर दृष्टि हुने तथा सोच्ने र सम्झने क्षमता घट्ने समस्यामा पनि माछा नियमित खाने गर्दा निक्कै फाइदा पुग्दछ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : ५४ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी