एमाले अधिवेशन : सर्लाही, धनुषा र महोत्तरीको मिति तय « Khabarhub

एमाले अधिवेशन : सर्लाही, धनुषा र महोत्तरीको मिति तय


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनको मिति तय गरेको छ ।

प्रदेश कमिटीको शुक्रबार साँझ बसेको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमश: ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका लागि तय गरेको हो ।

आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए ।

प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइइसकेको बताउदै आएका छ भने अर्को पक्षले विरोध गर्दै आएको छ।

महोत्तरीमा चार केन्द्रीय सदस्यमध्ये दुई जना एउटा कित्तामा र दुई जना अर्को कित्तामा उभिएका छन् । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवीले जिल्ला कमिटीका लागि सपथसमेत खुवाए भने केन्द्रीय सदस्यद्वय सरोज यादव र टेकबहादुर बलाम्पाकीले विरोध गर्दै आएका छन् ।

कोभिडको कारण देखाउदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : २२ बजे

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण

‘सरकार बाढीपीडितसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरू सामाजिक सञ्जालमा रमाइरहेका छन्’

काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म

जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको