शिल्पाको नाममा करोडौंको फ्ल्याट « Khabarhub

शिल्पाको नाममा करोडौंको फ्ल्याट


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोर्नोग्राफी मामलामा पक्राउ परेर जमानतमा रिहा भइसकेका व्यापारी राज कुन्द्राले आफ्नो नाममा रहेको ५ वटा फ्ल्याट अभिनेत्री पत्नी शिल्पा शेट्टीको नाममा सारेका छन् । यो फ्ल्याटको मूल्य करोडौं पर्छ ।

राजले मुम्बईस्थित एक भवनको पुरा पहिलो फ्लोर शिल्पाको नाममा सारेका हुन् । यो फ्ल्याटको मूल्य ३८ करोड ५० लाख पर्छ । यो भवन समुन्द्र तटबाट करिब तीन सय मिटरको दुरीमा बनेको छ ।

जूहुमा परिवारका साथ बस्दै आएका राजले जुहुको घर पनि शिल्पाको नाममा सारेका छन् । शिल्पाको जुहुको घर ५ हजार ९ सय ९५ स्क्वायर फिटमा फैलिएको छ । जसको ट्रान्सफरमा शिल्पाले १ दशमलब ९ करोड स्टाम्प ड्युटी दिएकी छन् । यो हस्तान्तरण जनवरी २१, २०२२ मा भएको थियो । यद्यपि यो विषयमा आधिकारिक रुपमा कुनै जानकारी बाहिर आएको छैन ।

राज गत वर्षको जुलाईमा अश्लील फिल्म बनाएको र त्यसलाई एपमार्फत प्रसारण गरेको आरोपमा पक्राउ परेका थिए । उनीमाथि कैयौं धारा अनुसार मुद्धा दर्ता गरिएको थियो । जेलमा बसेको केही महिनापछि उनले जमानत पाएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ११ : ०५ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु