रेल संरचनामा पछि पर्दै चीन | Khabarhub Khabarhub

रेल संरचनामा पछि पर्दै चीन


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलवायु परिवर्तनको असर वातावरणका विविध क्षेत्रमा देखिन थालेका छन्। अहिले त झन् मौसमको कुनै टुङ्गो नै हुँदैन। यसै कारण समृद्ध देशमा हवाई जहाजमा मानिसको आकर्षण घट्दो छ। ती देशहरूमा रेलको प्रभाव दिन दिनै बढिरहेको छ।

तीव्र गतिका रेल हवाई जहाजका भरपर्दा विकल्प बन्न थालेका छन्। संसारको सबैभन्दा विकसित देश अमेरिकाको हकमा सामान्यतया २ सय ९० किलोमिटर प्रतिघण्टाको दरमा रेल चल्ने गरेमा हवाई जहाज भन्दा उपयोगी हुन सक्ने अनुमान गरिएको छ। यसले धेरै हवाई यात्रालाई विस्थापित पनि गर्न सक्नेछ। एकै पटक धेरै जनालाई एक स्थानबाट अर्को स्थानमा लैजान सक्ने भएकाले पनि अहिले रेलको उपयोगिता बढेको हो।

सन् १९८० को दशक यता तीव्र गतिका रेलका लागि सयौँ अरबौँ डलर खर्च गरिन थालिएका छन्। युरोप र एसिया लगायत देशमा पनि यस खालका तीव्र गतिका रेल निर्माणका लागि प्रयास हुन थालेको छ।

जापानको निकानसेन र फ्रान्सको ग्रान्ड भिटेस कम्पनीले यस खालको रेल बनाउन आफूलाई केन्द्रित गरेका छन्।पछिल्लो दशक चीनले आफूलाई यसरी रेल बनाउने कुरामा केन्द्रित गर्दै देशको हरेक कुनामा रेल लगेको छ।

अबको दशक भने रेल निर्माणमा चीनलाई अन्य देशले पछि छाड्दै छन्। अब फ्रान्स र जापान चीनलाई पछि छाड्दै अघि बढ्ने तयारीमा जुटेका छन्।

चीन सबै भन्दा राम्रो रेल व्यवस्था भएको देशमा धेरै पछि पर्ने सम्भावना पनि प्रबल बनेको छ। त्यहाँको आन्तरिक आर्थिक समस्याले थप विकास गर्न कठिन भइरहेको समयमा अन्य देशले भने रेल विकासमा फड्को मार्ने जमर्को गरिरहेका छन्।

सन् २०३० सम्ममा स्पेन, जर्मनी, इटाली, बेज्लीयम र इङ्गल्यान्डले रेल संयन्त्रले एक आपसमा यसरी जोडीसक्ने तयारी गरेका छन् कि सायद सिङ्गो यूरोप नै एउटै देश जस्तो झझल्को आउने छ।

सन् २०३० सम्ममा यूरोपका एक देशबाट अर्को देशसम्मको यात्रा एकदमै छिटो र छरितो हुने अपेक्षा गरिएको छ। सन् २०१८ मा मोरक्कोको अल बोारक रेल वे लायन तयार गरेको थियो। यसै लायनसँगै अफ्रिका पहिलो पटक हाइस्पीड रेलको संयन्त्रमा जोडिएको हो। यसै हाइस्पीड रेल वे क्लबमा सन् २०२० सम्ममा इजिप्ट पनि जोडिने भएको छ।

दक्षिण कोरिया, साउदी अरेबिया र ताइवानले हाइस्पीड रेल यात्राको सुरुवात गरिसकेका छन्। यसैगरी, भारत, थाइल्यान्ड, रुस र अमेरिकाले पनि हाइ स्पिड रेल निर्माणको क्रमलाई तीव्र बनाएका छन्।

देशका एक मुख्य सहरबाट अर्को मुख्य सहरमा जाने रेलको गति कम्तीमा पनि २सय ५० किलो मिटर प्रतिघण्टा हुनै पर्छ भन्नेमा यी देशहरू प्रतिबद्ध छन्।

अहिले पनि संसारमा धेरै तीव्र गतिका रेल छन्। यसमा सुविधा लगायत सबै आधारमा जर्मनीको आइसीई थ्रीलाई उत्कृष्ट मानिन्छ छ। यो भन्दा तीव्र गतिमा दुई रेल चीनमा भए पनि सुविधा र सुरक्षित हुने सवालमा जर्मनीलाई उपयुक्त मानिएको हो।

जर्मनीको इन्टरसीटी एक्सप्रेसको सामान्य गति तीन सय किलोमिटर प्रतिघण्टा हो। यसलाई ३ सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा समेत कुदाउन सकिन्छ ।

साथै जर्मनी र फ्रान्सका तीव्र गतिको रेलले संसारका अन्य देशका यात्रुलाई पनि सहज बनाएकाले यिनीहरूको महत्त्व बढेको हो। जर्मनीको इन्टरसीटी एक्सप्रेसको विभिन्न छिटो गतिको रेल सन् १९९९ बाट प्रचलनमा आएको हो।

यो रेलको सामान्य गति तीन सय किलोमिटर प्रतिघण्टा हो। तथापि यसलाई एकदम हतार भएकोमा ३ सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा समेत कुदाउन मिल्ने बनाइएको छ।

जर्मनीको यो रेलको लाइन पेरिस, आर्मस्ड्रम र ब्रुसेल्ससम्म पनि जोडिएको छ। यो डिजाइनका अन्य हाइस्पीड रेल अहिले बनी रहेका छन्। ती बनेका रेल स्पेन, रुस , टर्की र युरो स्टार लगायत देशमा जोडिएका छन्।

छिटो गतिको रेलमा फ्रान्सको भिन्न खालको प्रभाव छ। कुनै समय ५७४ किलो मिटर प्रतिघण्टाको गतिमा रेल बनाउने तय भएको फ्रान्समा अहिले टिजिभी नामको रेल चली रहेको छ। यो रेलको गति ३ सय १० किलो मिटर प्रतिघण्टा छ।

सन् २००७ मा योजना बनाइएको सबैभन्दा तीव्र गतिको रेल प्रचलनमा नआए पनि अहिले चली रहेको टिजीभीले राजधानी पेरिसलाई लीयोन, मार्सेली, बोर्डेक्स, नान्टेस, स्ट्रासबर्ग, लीले, ब्रसेल्स र लन्डनसँग जोडेको छ। यूरोपका अन्य प्रतिष्ठित सबै सहरलाई यसै रेलको रुटमार्फत जोड्ने थप योजना बनाइएको छ।

यो रेलकै प्रविधिबाट विगत ३० वर्षदेखि स्पेन, दक्षिण कोरिया, ताइवान, मोरक्को, इटाली र अमेरिका लगायत देशमा पनि रेल बनाइएका छन्।

जापानको इआर इस्ट इ फाइभ संसारकै अर्को आकर्षक रेल हो। तीव्र गति र आरामदायी यस रेल पहाडी भूभागमा समेत सुरक्षित मानिएको छ। अहिलेका निकान्सेन शैलीका रेलको गति ३ सय किलोमिटर प्रतिघण्टाको आधारमा भए पनि ३ सय २० प्रतिघण्टाको गतिमा दौडने यो रेल टोकियोबाट सिन आमोरीसम्म चल्ने गरेको छ।

हरेक रेलमा ७सय ३१ सिट छन्। १२ हजार ९ सय हर्स पावरका ३२ विद्युतीय इन्डक्सन पनि सो रेलमा छन्। सन् २०११ मा पहिलो पटक बजारमा आउँदा नै कम्पनीले ५९ वटा रेल बनाएको थियो।

जापानको इआर इस्ट इ फाइभ संसारकै अर्को आकर्षक रेल हो। तीव्र गति र आरामदायी यस रेल पहाडी भूभागमा समेत सुरक्षित मानिएको छ।

मोरक्कोको अल बोराक पनि ३ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने गरेको छ। सन् २०१८ देखि प्रयोगमा आएको यो रेलले कासाब्लान्का र तान्जीयारलाइ जोड्ने गरेको छ। देशको १५सय किलो मिटरको दुरीलाई तीव्र गतिको योजनामा जोड्ने योजना सहित अल बोराकको स्थापना भएको हो।यसलाई अपडेट गर्दै नयाँ भर्सनमा तयार पार्नका लागि थप २ अर्ब डलरको अर्को परियोजना तयार गरिएको छ।सन् २०१७ मा अल बोराकले एक परीक्षणमा ३ सय ५७ प्रतिघण्टाको गतिमा रेल कुदाइएको थियो।

स्पेनको एभीइ एस अर्को तीव्र गतिको रेल हो। सन् १९९२ मा टिजिभी प्रविधिको प्रयोग गर्दै स्पेन हाइ स्पिड रेलको दुनियाँमा प्रवेश गरेको हो। फ्रान्सबाट यो अत्याधुनिक प्रविधि ल्याएर रेल यात्रा सुरु गरेको स्पेनले त्यस पछि म्याड्रिड, मालागा, भ्यालेन्सिया, गालीसिया र बार्सीलोनालाई रेलको संयन्त्रमा जोड्न सफल भएको हो।

अल्टा भेलोसिडाड स्पानाको छोटकरीमा एभीइ नाम राखिएको यो रेलको गति ३ सय १० किलो मिटर प्रतिघण्टा हो। तर, यसलाई ३सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन पनि प्रमाणित गरिएको छ। यस रेलमा ४ सय ४ सिट राखिएका छन्।

सन् २००६ मा एक स्पेनिस रेल ४ सय ४ किलोमिटर प्रतिघण्टाको गतिमा कुदेको थियो। परन्तु त्यो कमर्सीयल यात्रा थिएन। धेरै दशकसम्म स्पेनका रेल ढिला हुने र बढी समय खर्चीनु पर्ने भनेर आलोचित थिए। पछिल्लो तीन दशकमा एभीइले यो आरोपलाई पार गर्दै स्पेनमा रेलको सुन्दर संयन्त्र विकास गर्न सफल भएको छ।

सन् २००४ देखि दक्षिण कोरियाले पनि आफूलाई हाइ स्पिड रेलको संयन्त्रमा उपस्थित गराउन सफल भएको हो। सन् २००४ मा केटीएक्स रेलको रियोल बुसानको यात्रा गरेको थियो। समयमा कोरियालीहरूमा यसले भिन्न खालको उत्साह दिएको थियो।

संसारका चार वटा मात्र देश अहिले ४ सय २० किलो मिटर प्रतिघण्टा भन्दा बढीको गतिमा रेल कुदाउने संयन्त्र बनाउन सफल छन्। यसमा दक्षिण कोरिया पनि एक हो।

फ्रान्सेली टिजिभि प्रविधिमा निर्माण गरिएको यो रेलको गति ३ सय ५ प्रतिघण्टा छ। राजधानी सियोलबाट अर्को ठुलो सहर बुसानसम्म यस रेलले २ घण्टा १५ मिनेटमा दुरी पुरा गर्ने छ।

संसारका चार वटा मात्र देश अहिले ४ सय २० किलो मिटर प्रतिघण्टा भन्दा बढीको गतिमा रेल कुदाउने संयन्त्र बनाउन सफल छन्। यसमा दक्षिण कोरिया पनि एक हो। रेल विकासको यसै गतिमा लम्कने हो भने अबका केही वर्षमा एसियाको सबेभन्दा हाइस्पीड रेलको विकास भएको देशमा दक्षिण कोरिया र जापानको बिचमा प्रतिस्पर्धा हुने लख काटिएको छ।

इटालीको ट्रेनाटीयला र साउदी अरेबियाको हारामेइन अन्य तीव्र गतिका रेल हुन्। अबका केही वर्षमा हाइ स्पिड रेलको यसै तरहको विकासले युरोपलाई त एक ठाउँमा उभ्याउन सक्ने छ। एसियालाई पनि एकत्रित गराउन सक्ने छ। यसका बाबजुद चीन भने तीव्र गतिमा रेल कुदे भने त्यहाँको अनुदार राजनीतिक वातावरणका कारण संसारका अन्य देशसँग सहजै जोडिने सम्भावना छैन। सुविधा र गतिमा चीनलाई संसारका धेरै देशले पछि छाड्दै जाने छन्। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ११ : ३५ बजे

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले

नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौँ : मन्त्री पौडेल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकको भविष्य सम्झेर

‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं – काठमाडौंवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं – संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको