मेनोपजको समयमा हुने समस्या कम गर्ने घरेलु उपचार « Khabarhub

मेनोपजको समयमा हुने समस्या कम गर्ने घरेलु उपचार


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

४५–५५ उमेर पुगेपछि महिलाहरुमा महिनावारीको प्राकृतिक प्रक्रिया स्थायी रुपले रोकिने गर्दछ । त्यसैलाई मेनोपज भनिन्छ । यो उमेर भन्दा पहिले पनि अपरेशन गरी पाठेघर वा डिम्बाशय निकालिएको छ भने पनि महिनावारी रोकिने गर्दछ ।
यो अवधिमा महिलाको शरीरमा हर्माेनको गडबढीको कारण शारीरिक र मानसिक उथलपुथल देखा पर्ने गर्दछ । मेनोपजपछि महिलाहरुमा मुटुको समस्या र हड्डी खिइने समस्या देखिने सम्भावना रहन्छ । भोजन, व्यायाम र सकारात्मक जीवनशैली जोड्दै यसबाट उब्जिने कष्ट निवारण गर्न सकिन्छ ।
घरेलु उपचार
– दैनिक भोजनमा कम्तिमा ५० ग्राम भट्टमास वा यसका परिकारहरु समावेश गराउनाले हट फ्लास र हड्डी खिइने समस्याबाट बच्न सकिन्छ ।
– भिटामिन ईयुक भोजन (गहुँको चोकर, हरियो सागपात, अण्डा, भटमास, ब्रोकाउली, काजु, पेश्ता, देशीबदाम, बदाम आदिको सेवन यो अवस्थामा अति लाभदायक मानिन्छ ।
– भिटामिन बी कम्प्लेक्सको सेवनले मानसिक उथलपुथल र तनावलाई कम गर्न सघाउँछ ।
– श्रोतहरु— गेडागुडी, दूध, कलेजो, माछा, मासु, अण्डा, हरियो सागपात, चोकरसहितको अन्न, जौ, फर्सीको र सूर्यमुखीको बियाँ, केरा, काजु, पेश्ता, देशीबदाम, खुर्पानी आदि ।
– क्याल्सियमयुक्त भोजन (तील, दही, दूध आदि) सेवन गर्नुपर्दछ ।
– भिटामिन ए, सी र जिंकलाई पनि दैनिक भोजनमा समावेश गराउनुपर्दछ ।
– मौसम अनुसारका तरकारीहरु र यसका सुप तथा फलफूल र यसको जुस नियमित सेवन गर्नु लाभदायक हुन्छ ।
साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ९ : २८ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक