यसकारण गुमनाम बने अभिनेता राज किरण | Khabarhub Khabarhub

यसकारण गुमनाम बने अभिनेता राज किरण


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– फिल्म जगतको कथा आफैंमा अद्भुत छ । जहाँ उदाउँदो सूर्यलाई सबैले सलाम गर्छन् र अस्ताउँदो सूर्यलाई कोही हेर्न चाहँदैनन् । बलिउड अभिनेता राज किरणको जीवनमा यो भनाई मेल खान्छ ।

बलिउड फिल्म ‘बुलन्दी’, ‘कर्ज’, ‘घर हो तो ऐसा’, ‘तेरी मेहरनबानियाँ’लगायतका कैयौं सुपरहिट फिल्ममा अभिनय गरेका अभिनेता राज किरण वर्षौदेखि गुमनाम छन् । राज ८० को दशकका प्रायः हरेक फिल्मको हिस्सा हुन्थे । एक समय सूर्यको किरण जस्तै चम्किएको उनको जिन्दगीमा कहिलेबाट अध्यारोले छोयो भन्ने कसैलाई थाहा छैन ।

राज जबसम्म फिल्ममा थिए, उनलाई सबैले स्वागत गर्थे, तर जब उनले फिल्मबाट सम्बन्ध तोडे, त्यही बेला फिल्म उद्योगका मानिसले राजलाई आफ्नो जीवनबाट निकाले । राजलाई जुन समयमा आफ्नो परिवारको बढी आवश्यकता थियो, त्यो समयमा उनीसँग कोही थिएनन् । अर्थात उनको परिवारले नै उनलाई छोडिसकेका थिए ।

राजले आफ्नो करियरमा करिब सय बढी फिल्ममा काम गरे । उनले सहायक अभिनेतामात्र नभई केही फिल्ममा मुख्य अभिनेताका रुपमा नै काम गरे । उनी निकटका अनुसार उनी अहिले पागल भइसकेका छन् ।

उनको पुरा नाम राज किरण मेहतानी हो । भारतमा उनको फ्यानले उनलाई कैयौं वर्षदेखि वेपत्ताका रुपमा सम्झिएका छन्, किनकी उनको बारेमा धेरै जानकारी कोहीसँग छैन ।

राज किरणलाई आफ्नो करियरको उतारचढावको बेला डिप्रेसन भएको थियो । यही समयमा उनको परिवारले पनि उनलाई वास्ता गरेनन् । त्यही समयदेखि उनले आफ्नो मानसिक सन्तुलन गुमाए । वर्षौ अघि दीप्ति नवलले उनलाई अमेरिकामा ट्याक्सी चलाउँदै गरेको अवस्थामा भेटेका थिए । सन् २०११ मा ऋषि कपुरले राज किरण अमेरिकाको पागलखाना रहेको पत्ता लगाएका थिए ।

राजकिरणकी पत्नीले पनि पति कैयौं वर्षदेखि गुमनाम रहेकाले उनको खोजी भइरहेको बताएकी थिइन् । राज किरण पछिल्लोपटक शेखर सुमनको सिरियल ‘रिपोर्टर १९९४’मा देखिएका थिए ।

कतिपयले फिल्म नपाएको कारण उनी डिप्रेसनमा गएको बताइरहेका छन् भने कतिपयले उनको परिवारले राज किरणको सबै सम्पत्ति हडपेको दाबी गरिरहेका छन् । तर सत्य कुरा के हो अझै खुल्न सकेको छैन ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १ : ३१ बजे

अब गिरीबन्धुको टी-स्टेट प्रकरणको फाइल खोल्छौँ : मनीष झा

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले झापास्थित गिरीबन्धुको

कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरिने 

विराटनगर– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति

सन्तुलित बजेट आएको सबैले टिप्पणी गरेका छन् : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/०८२

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक, कुन देशबाट कति ?

काठमाडौं– सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक

जिप दुर्घटनामा छ जना भारतीय पर्यटक घाइते

चितवन– चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक