कर्णालीमा घट्दै कुष्ठरोगी « Khabarhub

कर्णालीमा घट्दै कुष्ठरोगी


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीको मुख्य स्वास्थ्य समस्याका रूपमा रहेको कुष्ठरोग पछिल्ला वर्ष भने घट्दो दरमा रहेको पाइएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँच वर्षअघि र यसपछिका वर्षहरूको तुलना गर्दै कुष्ठरोगका बिरामी घट्दो दरमा रहेको जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले पाँच वर्षअघि बिरामी पत्ता लाग्ने दर ६.४९ प्रतिशततथाहाल ३.६७ प्रतिशत रहेको बताए। ‘कर्णालीमा कुष्ठरोग निवारणको चरणमा पुगेको छ, बिरामीको पहिचान वर्षेनी घट्दो क्रममा छ’, उनले भने, ‘समयमै रोग पत्ता लगाएर नियमित उपचार गरेमा यो पूर्णरूपमा निको हुन्छ, अपाङ्गता हुनबाट बच्न सकिन्छ ।’

कर्णालीमा कुष्ठरोग निवारणका लागि सरकारी निकायसँगै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनएफले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३-७४ मा ११५, २०७४-७५ मा ११५, २०७५-७६ मा ८९, २०७६-७७ मा ५५ र २०७७-७८ मा ६७ नयाँ बिरामी फेला परेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ८ : ५५ बजे

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको