दाहालले एमसीसीलाई पत्र पठाएकोबारे पार्टीलाई जानकारी छः गजुरेल « Khabarhub

दाहालले एमसीसीलाई पत्र पठाएकोबारे पार्टीलाई जानकारी छः गजुरेल


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच महिनाभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने प्रतिबद्धतासहितको पत्र लेखेको विषयमा पार्टीलाई जानकारी गराएको खुलेको छ ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमसीसी पारित गर्ने विषयमा नियोगलाई पत्र लेखेको जानकारी अनौपचारिक रूपमा अध्यक्ष दाहालले पार्टी बैठकमा गराएको जनाएका छन् ।

‘एमसीसीलाई लिएर अमेरिकालाई पत्र लेखेको जानकारी अध्यक्ष दाहालले पार्टीमा गराउनु भएको थियो,’ गजुरेलले भने, ‘तर, पार्टी बैठकमा औपचारिक छलफलको विषय नबने पनि अनौपचारिक जानकारी चाहिँ पत्र पठाएपछि गराउनु भएको थियो ।’

उनका अनुसार अध्यक्ष दाहालले एमसीसीका बारेमा पत्र लेखेको विषय माओवादीका सबै शीर्ष नेताहरू भने जानकार थिए ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ३ : ४८ बजे

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

सिरहा– सिरहामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले

निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनका बेला रोकिएको नियमित बजार अनुमगन पुनः सुरु

रसुवामा नौ जनाको धरौटी जफत

रसुवा– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका

भन्सार छलेर ल्याइएका अवैध सामग्री नियन्त्रणमा

भैरहवा– रूपन्देहीका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका ६ लाखभन्दा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल