एमसीसीका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडान परिवर्तन भएको छैन: नारायणकाजी श्रेष्ठ | Khabarhub Khabarhub

एमसीसीका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडान परिवर्तन भएको छैन: नारायणकाजी श्रेष्ठ


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका बारेमा पार्टीको दृष्टिकोण र अडान परिवर्तन नभएको बताएका छन् ।

प्रचण्डको हस्ताक्षरसहित एमसीसी पास गर्ने प्रतिबद्धतासहितको पत्र बाहिरिँएपछि नेता श्रेष्ठ एमसीसीबारे पार्टी दृष्टिकोण र अडान नफेरिएको दाबी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रम देउवा र अध्यक्ष क.प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ।’

माओवादीले यथास्थितिमा एमसीसी स्वीकार गर्न नसक्ने प्रष्ट गर्दै संसदीय अनुमोदनको प्रक्रिया अगाडि बढाउन नसक्ने प्रष्ट गरेका छन्।

‘पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन, सकिँदैन’ उनले लेखेका छन्।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ५ : ०३ बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो