बालुवाटार बैठकमा प्रचण्डले भने- एमसीसीलाई पत्र लेखेको हो | Khabarhub Khabarhub

बालुवाटार बैठकमा प्रचण्डले भने- एमसीसीलाई पत्र लेखेको हो


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका छन् ।

आइतबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको बैठकका क्रममा उनले आफूले प्रधानमन्त्री देउवासँग मिलेर एमसीसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका हुन् ।

सत्तापक्षले एमसीसी मुख्यालयमा केही समय पर्खन अनुरोध गर्दै पठाएको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सत्तापक्षले पत्रबारे गुपचुप राख्न खोजे पनि पत्र बाहिरिएको थियो । गोप्यरुपमा पत्र पठाएको भन्दै पत्रबारे आलोचना भइरहँदा प्रचण्डले त्यसलाई स्वीकार गरेका हुन् । आइतबार बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रचण्डले आफूले पत्र लेखेको छैन भनेर नभनेको स्वीकार गरेको बताए ।

एमसीसीमा सहयोग गर्न प्रधानमन्त्री देउवाले एमालेलाई आग्रह गरेका थिए भने प्रचण्डले राष्ट्रिय मुद्दामा समान धारणा बनाएर अघि बढ्न एमालेलाई आग्रह गरेका थिए । संवेदनशील मामिलामा सत्ता गठबन्धनको एउटै दृष्टिकोण हुनुपर्ने कुरा एमालेले राखेको महासचिव पोखरेलले बताए ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : १० बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो