एमसीसीलाई चुनावपछि टुंग्याउन प्रचण्डको प्रस्ताव | Khabarhub Khabarhub

एमसीसीलाई चुनावपछि टुंग्याउन प्रचण्डको प्रस्ताव


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी अनुदान सम्बन्धि सम्झौता एमसीसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको बैठकमा प्रचण्डले एमसीसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका हुन् ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार चुनाव नजिकिएकोले एमसीसीलाई त्यसपछि टुंग्याउँदा ठिक हुने प्रचण्डको भनाइ थियो । तीत दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अघि बढाउन र त्यसमा सहयोग गर्न एमालेको सहयोग माग गरेका थिए । तर, प्रचण्डले भने आगामी वर्षभित्र सबै तहको चुनाव गरिसक्नुपर्ने भएकाले एमसीसीलाई त्यसपछि मात्र टुंग्याउनु उपयुक्त हुने धारणा राखेको पोखरेलले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीले एमसीसीका विषयमा पहिले सत्ता गठबन्धनबाट समान दृष्टिकोण आउनु पर्ने बताएका थिए । सत्ता गठबन्धनबीच पनि फरक फरक धारणा आउनु उपयुक्त नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : २३ बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो