प्रचण्डलाई बाबुरामको कटाक्ष : भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! | Khabarhub Khabarhub

प्रचण्डलाई बाबुरामको कटाक्ष : भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद !


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि ‘भित्र खाओवाद, बाहिर माओवाद’ भन्दै कटाक्ष गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेको पत्र बाहिरिएपछि भट्टराईले ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात’ भनेका हुन् ।

कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशोधन बिना पारित गर्न नहुने पक्षमा छ । तर, प्रचण्डसमेतले एमसिसी पारितको समय माग गरेको खुलेको थियो ।

नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘एमसीसी जुन ढंगले गिजोलिँदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !,’ भट्टराईले लेखेका छ्न् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : ५९ बजे

गोसाइकुण्डमा डुबेका दाजुभाइको शव काँधमै बोकेर धुन्चे ल्याउँदै सुरक्षाकर्मी

काठमाडौं- रसुवाको गोसाइकुण्डमा नुहाउने क्रममा यही आइतबार डुबेर ज्यान गुमाएका

मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नु जरुरी : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा तीव्र

फ्रान्सको आर्थिक वृद्धिदर बढ्यो

पेरिस– अनिश्चित अन्तर्राष्ट्रिय वातावरणका बावजुद यस वर्षको दोस्रो त्रैमासिकमा फ्रान्सको

नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ

धुलिखेल- नक्कली सरकारी कागजात र छाप बनाउने एउटा गिरोहलाई प्रहरीले

प्यूठान नगरपालिकामा विद्यालय सुधार अभियान

प्यूठान– विद्यालयको गुणस्तर सुधार गर्न प्यूठान नगरपालिकाले अभियान सुरु गरेको