बेइजिङ ओलम्पिकः रोबटले वितरण गर्छ आगन्तुकलाई खाना | Khabarhub Khabarhub

बेइजिङ ओलम्पिकः रोबटले वितरण गर्छ आगन्तुकलाई खाना


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– बेइजिङका २ करोड २० लाख मानिसहरुलाई कोभिड संक्रमणको जोखिमबाट जोगाउन चीनले सहरभित्र पनि अर्को सहर खडा गरेको छ, जहाँ बस्ने अतिथिलाई बाहिरी मानिसहरुसँग छलफल र भेटघाट गर्न छुट छैन । उनीहरुलाई इन्टनेटको पहुँचको सुविधा छ भने खानेकुरा रोबटले नै वितरण गर्छ ।

ओलम्पिक र प्यारालम्पिक खेलका लागि दुई महिनाको अवधिमा दशौं हजार खेलाडी र उनीहरुलाई सहयोग गर्ने व्यक्तिलाई निश्चित स्थानमा राखिएको छ । मध्य बेइजिङबाट थोरै बाहिर रहेको यानकिङ जिल्ला र बेइजिङनजिकैको हिबेइ प्रान्तको झाङजिअकोउ सहरमा आगन्तुकहरुलाई राखिएको छ ।

कोभिड शून्य नीतिमा जोड दिने पहलस्वरुप चीनले ओलम्पिकलाई त्यहाँको घना जनसंख्याबाट पूर्णरुपमा अलग गरेको हो । चाँडै फैलिने ओमिक्रोन भेरियन्टका कारण कोभिड संक्रमण फैलिएसँगै सरकारले ओलम्पिक प्रतिबन्धलाई थप कडाइ गरेको छ । ओलम्पिकमा दर्शकहरुको भिड नियन्त्रण गर्ने योजनाअनुसार अन्तिम समय अर्थात मध्य जनवरीमा घरेलु दर्शकहरुलाई टिकट बिक्री रोक्ने निर्णय गरिएको थियो ।

खेलका लागि समर्पित सवारी साधनहरु घेराबन्दी गरिएको निश्चित क्षेत्रमा मात्र आफ्नो लेनमा गुड्नेछन् । र, स्थानीयहरुलाई दुर्घटनाको समयमासमेत टाढै रहन सुभाव दिइएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाचले ३ फेब्रुवरीमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘दुर्भाग्यवश तपाईहरु केबल निश्चित घेराभित्र रहेका मानिसहरुसँग मात्र बोल्न सक्नु हुनेछ । ’

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ४ : ३० बजे

भूमि आयोग फर्काउनुपर्ने मागसहित एमालेका दुई जनसंगठन सडकमा

काठमाडौँ : सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा

बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको

विपिनबारे राष्ट्रपति : रिहाईको पहल गरेको थिएँ, निधनको खबरले स्तब्ध भएँ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन

भेपमा सुन तस्करी : पूर्वसभामुख महराको मुद्दामा थुनछेक बहस सकिएन, हिरासतमै फर्काइयो

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराको मुद्दामा थुनछेक