अष्ट्रेलियाले आउँदो फेब्रुअरी २१ देखि अन्तर्राष्ट्रिय सीमा खुल्ला गर्ने « Khabarhub

अष्ट्रेलियाले आउँदो फेब्रुअरी २१ देखि अन्तर्राष्ट्रिय सीमा खुल्ला गर्ने


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी–अष्ट्रेलियाले आफनो अन्तर्राष्ट्रिय सीमा खुला गर्ने भएको छ । पूर्ण मात्रा खोप लगाएका विदेशी पर्यटकका लागि आउँदो फेब्रुअरी २१ देखि प्रवेशमा अनुमति दिइने अष्ट्रेलिया सरकारले जनाएको छ ।

यस्तै विदेशी विद्यार्थीलाई पनि प्रवेशमा अनुमति दिइने भएको छ । कोरोनाका कारण सन् २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय सिमामा प्रतिबन्ध लगाइएको थियो । कोरोनाको संक्रमण दर घट्दै गएको भन्दै पुन प्रवेश गराउन लागिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पूर्णमात्रा खोप लगाएका विदेशी नागरिकलाई सहजै प्रवेश गर्न दिइने प्रधानमन्त्री स्कट मोरिसनले बताए । यस्तै स्वास्थ्य अवस्थाका कारण खोप नलगाएका हकमा पनि प्रवेशमा छुट दिइने प्रधानमन्त्री मोरिसनले जानकारी दिएका छन् ।

तर उनीहरुले अनिवार्य केही दिनभने क्वारेन्टिन बस्नुपर्ने छ । कोरोना महामारी फैलिए यता कोरोनाका कारण २० लाख मानिस संक्रमित भइसकेका छन् भने कोरोनाका कारण अहिलेसम्म ४ हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ५ : ०० बजे

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ– घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही