मिसाइल परीक्षणका लागि उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत रकम जुटाउने गरेको राष्ट्रसंघको दाबी « Khabarhub

मिसाइल परीक्षणका लागि उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत रकम जुटाउने गरेको राष्ट्रसंघको दाबी


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क–उत्तर कोरियाले आफनो मिसाइल परीक्षणका लागि क्रिप्टोकरेन्सीमार्फत रकम जुटाउने गरेको खुलासा भएको छ । सयुंक्त राष्ट्रसघंका अनुसार अर्बौँ डलर साइबर ह्याकिङमार्फत रकम जुटाउने गरेको पाइएको बीबीसीले जनाएको छ ।

सन् २०२० देखि २०२१ को अवधिमा कोरियाले ५० करोड अमेरिकी डलर डिजिटल सम्पत्ति चोरी गरेको एक अध्ययनले देखाएको युएनले जनाएको छ । मिसाइल परीक्षणका लागि सो रकम मुख्य स्रोत भएको सो स्रोतको दाबी छ । कोरियाले युरोप, अमेरिका, एसियाका देशहरुबाट डिजिटल रकम ह्याकिङ गर्ने गरेको पाइएको हो । कोरियाले गरिरहेको ह्याकिङ सम्बन्धी प्रतिवेदनको विवरण अनुसन्धान कर्ताले युएनलाई गत शुक्रबार बुझाइ सकेको बीबीसीले उल्लेख गरेको छ ।

गत वर्ष ४० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति जम्मा गरेको पनि बताइएको छ । युएनको प्रतिबन्धको बाबजुद पनि कोरियाले निरन्तर मिसाइल परीक्षण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ५ : १५ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान