कांग्रेस नेताहरुको आक्रोस : पार्टी विधानअनुसार चलेन | Khabarhub Khabarhub

कांग्रेस नेताहरुको आक्रोस : पार्टी विधानअनुसार चलेन


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । नेपाली कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज (शनिबार) आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा पार्टीलाई बलियो बनाउन वैधानिक ढङ्गले चल्नुपर्ने बताएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीलाई बलियो बनाउन पार्टी नेतृत्वले विधानको पालना गर्नुपर्ने बताए । ‘जागरण अभियानले कांग्रेसलाई जनतासम्म लैजान मद्दत पुगेको छ’, उनले भने । नेता घर्तीले सरकार संविधानको मर्म र भावनाअनुसार चल्न नसकेको आरोप लगाए । अर्का केन्द्रीय सदस्य कमला पन्तले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको संरचनालाई पूर्णता दिए मात्र पार्टी बलियो हुने बताए । ‘भ्रातृ संस्था र शुभेच्छुक संस्थाको अधिवेशन तोकिएको समयमा हुन नसक्दा पार्टी कमजोर हुँदै गएको छ’ उनले बताए ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र वृहद एकता आवश्यक रहेको बताए । ‘समृद्धिको नारा बोकेको वर्तमान सरकारले समृद्धिको जग बसाल्न सकेन’, उनले भने । पार्टीका लमजुङ सभापति भेषबहादुर पौडेलले गाउँगाउँमा रहेका विद्यार्थी, महिला, किसानको भावनालाई समावेश गरेर अगाडि बढेमात्र कांग्रेस लमजुङको सङ्गठन बलियो हुने बताए ।

नेता विष्णुप्रसाद धितालले नेता र कार्यकर्ता एकताबद्ध भएर अगाडि बढेमात्र कांग्रेसको सङ्गठन बलियो हुने बताए । सम्पर्क समितिका अध्यक्ष प्रदीपराज अधिकारी, नेपाल विद्यार्थी सङ्घका निवर्तमान कोषाध्यक्ष शिव रिमाल, नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिका उपाध्यक्ष सुमन बसौलालगायतले कांग्रेसलाई बलियो बनाउन युवामुखी कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  १ : ३६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक

आज २०८२ साल कात्तिक ९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको