कांग्रेस नेताहरुको आक्रोस : पार्टी विधानअनुसार चलेन « Khabarhub

कांग्रेस नेताहरुको आक्रोस : पार्टी विधानअनुसार चलेन


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । नेपाली कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज (शनिबार) आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा पार्टीलाई बलियो बनाउन वैधानिक ढङ्गले चल्नुपर्ने बताएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीलाई बलियो बनाउन पार्टी नेतृत्वले विधानको पालना गर्नुपर्ने बताए । ‘जागरण अभियानले कांग्रेसलाई जनतासम्म लैजान मद्दत पुगेको छ’, उनले भने । नेता घर्तीले सरकार संविधानको मर्म र भावनाअनुसार चल्न नसकेको आरोप लगाए । अर्का केन्द्रीय सदस्य कमला पन्तले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको संरचनालाई पूर्णता दिए मात्र पार्टी बलियो हुने बताए । ‘भ्रातृ संस्था र शुभेच्छुक संस्थाको अधिवेशन तोकिएको समयमा हुन नसक्दा पार्टी कमजोर हुँदै गएको छ’ उनले बताए ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र वृहद एकता आवश्यक रहेको बताए । ‘समृद्धिको नारा बोकेको वर्तमान सरकारले समृद्धिको जग बसाल्न सकेन’, उनले भने । पार्टीका लमजुङ सभापति भेषबहादुर पौडेलले गाउँगाउँमा रहेका विद्यार्थी, महिला, किसानको भावनालाई समावेश गरेर अगाडि बढेमात्र कांग्रेस लमजुङको सङ्गठन बलियो हुने बताए ।

नेता विष्णुप्रसाद धितालले नेता र कार्यकर्ता एकताबद्ध भएर अगाडि बढेमात्र कांग्रेसको सङ्गठन बलियो हुने बताए । सम्पर्क समितिका अध्यक्ष प्रदीपराज अधिकारी, नेपाल विद्यार्थी सङ्घका निवर्तमान कोषाध्यक्ष शिव रिमाल, नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिका उपाध्यक्ष सुमन बसौलालगायतले कांग्रेसलाई बलियो बनाउन युवामुखी कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  १ : ३६ बजे

रास्वपाकी नगर उपाध्यक्ष नै कांग्रेस उम्मेदवारलाई भोट माग्न पुगेपछि…

भक्तपुर– ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीटी उपाध्यक्ष पूजा बस्नेत

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक

पोखरा विमानस्थल प्रकरण : पूर्वसचिव मरासिनीसहित पाँच जनालाई राहत, साधारण तारेखमा राख्न आदेश

काठमाडौं- विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको एउटा

सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध

सुदूरपश्चिम– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग सीमा जोडिएको