नेताहरुलाई खबरदारी गर्न प्रचण्डको आगह « Khabarhub

नेताहरुलाई खबरदारी गर्न प्रचण्डको आगह


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई खबरदारी गर्न आग्रह गरेका छन् । साकेला पर्वको किरात राई यायोख्खाले इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले नेताहरुलाई सच्याउने अन्तिम कडि जनता नै भएको बताए ।

संघीयसभाको निर्वाचन पछि बनेको संविधान नेपालको सबैभन्दा ठूलो परिवर्तनको कुरा भएको भन्दै प्रचण्डले सोही परिवर्तनलाई संस्थागत गर्न जनताले नेताहरुलाई खबरदारी गर्नुपर्ने बताए।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको अभियान चलाएपनि त्यसको कार्यान्वयनका लागि सबै एक जुट हुनुपर्ने बताए । उनले ७० वर्षदेखिको राजनीतिक अस्थिरताका अन्त्यका लागि आफूहरुले पार्टी एकता गरेको भन्दै प्रचण्डले एकताले नै जनता खुसी भएको र जनताले राम्रो जनमत दिएको बताए ।

यो पार्टीलाई मजबुद बनाउने कार्यभार पनि आफूहरुसँगै रहेको भन्दै अधिकांश निर्णय सर्वसम्मतिले हुने गरेको बताए । जिल्ला कमिटी गठन, जनसंगठन तथा अन्य ठूला निर्णय सर्वसम्मतिले नै हुने बताए । उनले पर्सी शीर्ष नेताहरुको कार्यविभाजन पनि सर्वसम्मतिले नै गर्ने तयारी गरेको पनि बताए।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  २ : ११ बजे

आफ्ना नागरिकलाई इरान छोड्न भारतको आग्रह

नयाँदिल्ली– तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशंकाबीच भारत सरकारले आफ्ना

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

धादिङ बस दुर्घटना छानबिनका लागि ५ सदस्यीय कार्यदल गठन

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट

इनड्राइभले आयोजना गर्‍यो ‘काठमाडौं क्लिन एयर डायलोग’

काठमाडौं– इनड्राइभले ‘काठमाडौं क्लिन एयर डायलोग आयोजना गर्दै उपत्यकामा बढ्दो