क्यानडापछि खोपको विरोधमा न्युजिल्यान्डमा पनि ट्रक चालकहरुको प्रदर्शन « Khabarhub

क्यानडापछि खोपको विरोधमा न्युजिल्यान्डमा पनि ट्रक चालकहरुको प्रदर्शन


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङटन– सरकारले ल्याएको कोभिड प्रतिबन्ध र खोपको विरोधमा ट्रकसहित विभिन्न स्थानबाट आएका ट्रक चालकहरु र अभियानकर्ताहरुले मंगलबार राजधानी वेलिङटनको संसद घेरा हालेका छन् । क्यानडामा ट्रक चालकहरुले एक सातादेखि यस्तै प्रदर्शन गर्दै आएका छन् ।

‘हाम्रो स्वतन्त्रता फिर्ता देऊ’, ‘बाध्यता सहमति होइन,’ लेखेका पोस्टर बोकेर सयौं ट्रकहरुलाई सडकमा जथाभावी रोकाएर चालकहरुले संसद भवन घेरा हालेका छन् ।

निरन्तर हर्न बजाएर चालकहरु सहरका केन्द्र प्रवेश गरेका थिए । हजारभन्दा बढी प्रदर्शनकारी पैदलै हिडेर सरकारविरुद्ध नारा लगाएका छन् । आफ्ना अधिकार थिचोमिचो भएको विषयमा प्रदर्शनकारीले चासो देखाएको वेलिङटनका स्टु मेनले बताए ।

‘मैले वास्तवमा खोप लगाएको छु । तर, सबै मानिसहरुले अनिवार्य खोप लगाउनुपर्ने सरकारी प्रावधानको विरोध गर्छु,’ उनले भने ।

‘इच्छा नभएका व्यक्तिलाई जबरजस्ती खोप लगाउन खोज्नु अपमानजनक हो’ उनले भने ।

प्रदर्शन शान्तपूर्ण रहेको र कोही पनि पक्राउ नपरेको प्राप्त विवरणहरुमा जनाइएको छ । अधिकांशले सरकारको खोप कार्यक्रमलाई सहयोग गरेकोले ट्रक चालकहरुको समूहसँग वार्ता नगर्ने प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले बताएकी छिन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १ : १५ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै