अर्घाखाँचीका राजनीतिक दलको निष्कर्षः सरकार जनपक्षीय बन्नुपर्छ | Khabarhub Khabarhub

अर्घाखाँचीका राजनीतिक दलको निष्कर्षः सरकार जनपक्षीय बन्नुपर्छ


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीमा क्रियाशील राजनीतिक दलहरूले सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

विप्लव नेतृत्वको नेकपा निकटका जनवर्गीय संगठनहरूले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको बृहत् अन्तरक्रियामा सहभागी राजनीतिक दलका नेताहरूले सरकार ठिक ढंगले चल्न नसकेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले आयल निगममा नीतिगत भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने बताइरहँदा अन्य दलका नेताहरूले भने सरकारको आलोचना गरेका छन् ।

अर्घाखाँची चेम्वर अफ कमर्स, अर्घाखाँची उद्योग वाणिज्य संघका प्रतिनिधिसहित जिल्लामा रहेका सबै दलको सहभागितामा गरिएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनाल, नेकपा एमालेका जिल्ला उपसचिव शम्भुप्रसाद पोख्रेल, नेकपा माओवादी केन्द्रका नेता देवबहादुर खड्का, नेकपा एसका अध्यक्ष रामबहादुर चौहान, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती, जनता समाजवादीका नेता पुष्कर आचार्य, जनमोर्चा नेता भीमलाल पौडेलसहितका नेताहरुले सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका हुन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवीन खड्काको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सचिव अनिल नेपालीले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १ : ३० बजे

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछाप– रामेछापको भटौली खोलामा रहेको पक्की पुलमा बाढीले क्षति गरेपछि

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी– म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा

कालीगण्डकीको बहाव यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

पर्वत– लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको

खेलअघि भारतीय फाइटर कोरेनले भनेका थिए– रवीन्द्र त बच्चै हो, लड्न नआए राम्रो !

काठमाडौं– ‘ऊ त बच्चा हो । म उसको दिमागै निकालिदिन्छु।