महाभारतका ‘भीम’ प्रवीणकुमारको निधन « Khabarhub

महाभारतका ‘भीम’ प्रवीणकुमारको निधन


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बीआर चोपडाको चर्चित पौराणिक भारतीय टेलिश्रृङ्खला ‘महाभारत’ मा ‘भीम’ को भूमिका निर्वाह गरेका प्रवीणकुमार सोबतीको निधन भएको छ ।

उनको ७५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । पञ्जावका प्रवीणकुमार करिब एक वर्षदेखि बिरामी थिए ।

उनले करिब ५० भारतीय चलचित्रहरूमा अभिनय गरेका थिए । उनले ‘आजका अर्जुन’, ‘मेरी आवाज सुनो’, ‘गजब’, ‘कमाण्डो’, ‘राजतिलक’, ‘अजुबा’, ‘श्याम घनश्याम’लगायत चलचित्रमा अभिनय गरेका थिए ।

अभिनयका साथै प्रवीणकुमार सफल अन्तर्राष्ट्रिय खेलाडी पनि थिए । उनी आफ्नो शारीरिक बनौटका कारण पनि चर्चित थिए । ६ फिट अग्लो प्रवीणकुमार अभिनय क्षेत्रमा प्रवेश गर्नुअघि अन्तर्राष्ट्रियस्तरका चर्चित खेलाडी भइसकेका थिए । उनी ह्यामर र डिस्कस थ्रोका एथलेटिक्स खेलाडी थिए ।

उनले एसियाली खेलकुद प्रतियोगिताहरूमा गरी दुई स्वर्ण, एक रजत र एक कांस्य पदक प्राप्त गरेका थिए । प्रवीणकुमारले दुई पटक ओलम्पिकमा पनि भारतको प्रतिनिधित्व गरेका थिए । उनलाई अर्जुन अवार्डबाट पनि सम्मान गरिएको थियो ।

खेलका साथै उनी सीमा सुरक्षा फोर्समा डिपुटी कमाण्डरका रूपमा सरकारी सेवा गरेका थिए । अभिनयपछि राजनीतिमा सक्रिय भएका उनी आम आदमी पार्टीबाट दिल्लीको वजीरपुरबाट चुनावसमेत लडेका थिए । त्यसपछि प्रवीणकुमार भारतीय जनता पार्टीमा आबद्ध भएका थिए ।

प्रवीणको जन्म सन् १९४७ डिसेम्बर ६ तारिखमा भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १ : ०६ बजे

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको