महाभारतका ‘भीम’ प्रवीणकुमारको निधन | Khabarhub Khabarhub

महाभारतका ‘भीम’ प्रवीणकुमारको निधन


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बीआर चोपडाको चर्चित पौराणिक भारतीय टेलिश्रृङ्खला ‘महाभारत’ मा ‘भीम’ को भूमिका निर्वाह गरेका प्रवीणकुमार सोबतीको निधन भएको छ ।

उनको ७५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । पञ्जावका प्रवीणकुमार करिब एक वर्षदेखि बिरामी थिए ।

उनले करिब ५० भारतीय चलचित्रहरूमा अभिनय गरेका थिए । उनले ‘आजका अर्जुन’, ‘मेरी आवाज सुनो’, ‘गजब’, ‘कमाण्डो’, ‘राजतिलक’, ‘अजुबा’, ‘श्याम घनश्याम’लगायत चलचित्रमा अभिनय गरेका थिए ।

अभिनयका साथै प्रवीणकुमार सफल अन्तर्राष्ट्रिय खेलाडी पनि थिए । उनी आफ्नो शारीरिक बनौटका कारण पनि चर्चित थिए । ६ फिट अग्लो प्रवीणकुमार अभिनय क्षेत्रमा प्रवेश गर्नुअघि अन्तर्राष्ट्रियस्तरका चर्चित खेलाडी भइसकेका थिए । उनी ह्यामर र डिस्कस थ्रोका एथलेटिक्स खेलाडी थिए ।

उनले एसियाली खेलकुद प्रतियोगिताहरूमा गरी दुई स्वर्ण, एक रजत र एक कांस्य पदक प्राप्त गरेका थिए । प्रवीणकुमारले दुई पटक ओलम्पिकमा पनि भारतको प्रतिनिधित्व गरेका थिए । उनलाई अर्जुन अवार्डबाट पनि सम्मान गरिएको थियो ।

खेलका साथै उनी सीमा सुरक्षा फोर्समा डिपुटी कमाण्डरका रूपमा सरकारी सेवा गरेका थिए । अभिनयपछि राजनीतिमा सक्रिय भएका उनी आम आदमी पार्टीबाट दिल्लीको वजीरपुरबाट चुनावसमेत लडेका थिए । त्यसपछि प्रवीणकुमार भारतीय जनता पार्टीमा आबद्ध भएका थिए ।

प्रवीणको जन्म सन् १९४७ डिसेम्बर ६ तारिखमा भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १ : ०६ बजे

हनिमुनमा हिँडेका पतिको प्रेमीसँग मिलेर हत्या, नेपालतिर भाग्दै गर्दा समातिइन् सोनम

इन्दौर- भारतको मध्यप्रदेश राज्यस्थित इन्दौरका ट्रान्सपोर्ट व्यवसायी राजा रघुवंशीको हत्या

‘बालेन्द्र–सुनिता द्वन्द्व’को कोपभाजनमा काठमाडौंको बजेट

काठमाडौं– काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अन्योलमा

सबै भू-भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सबै भू–भागमा

भिजिट भिसा प्रकरणले संसद् बन्धक, कुरा नमिलेपछि आरोप-प्रत्यारोपमा दलहरू

काठमाडौं- गत जेठ ७ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह

सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण संसद् चल्न सकेन : सांसद दाहाल

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सत्तापक्ष आफ्नो हठबाट