संसारलाई चकित पार्ने दाजुबहिनी, ९५ वर्षको उमेरमा स्नातकको पढाइ पूरा | Khabarhub Khabarhub

संसारलाई चकित पार्ने दाजुबहिनी, ९५ वर्षको उमेरमा स्नातकको पढाइ पूरा


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसलाई पढाइका लागि उमेरले छेक्दैन भन्ने उदाहरण अमेरिकाका दाजुबहिनीले प्रस्तुत गरेका छन् । ९५ वर्षिय दाजु र ९४ वर्षिया बहिनीले स्नातक तहको पढाइमा सफलता हासिल गर्दै संसारलाई चकित तुल्याएका छन् । जर्ज रेमिरेज र एनिता रेमिरेज नाम गरेका दाजुबहिनीले ८० वर्षभन्दा लामो समय बितेपछि स्नातक तहको पढाइ पूरा गरेका हुन् ।

जर्ज रेमिरेज जवान उमेरको हुँदा तत्कालिन समयमा विश्व युद्ध चलिरहेको थियो । यहीक्रममा घरको आर्थिक अवस्था पनि नाजुक हुँदै गएपछि उनले आफ्नो पढाइ छाडेर जागिर खान थालेका थिए ।

रोजगारीकै शिलशिलामा उनले अमेरिकन आर्मीको ट्यांक ड्राइभरको रुपमा काम गरेका थिए । त्यसपछि पल्टनबाट घर फर्किएका उनले विवाह गरे । अहिले उनको सात जना छोराछोरी छन् ।

जर्ज तथा एनिताले आफ्नो घरपरिवार तथा देशका निम्ति लड्ने क्रममा विद्यालयको पढाइ छाडेका थिए । पढाइ छाडेका यी दाजुबहिनीले दशकौँ पछि फेरि आफ्नो पढ्ने इच्छा पूरा गरेका हुन् ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ७ : २९ बजे

गाजामा निजी क्षेत्रबाट राहत वितरण गर्ने अमेरिकी प्रस्ताव

वाशिंटन – अमेरिकाले गाजामा राहत वितरणमा लगातार तेस्रो महिना अवरोध

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहण

काठमाडौं – “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्)

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख

आज २०८२ साल वैशाख २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २७ गते शनिबार। वैशाख