संसारलाई चकित पार्ने दाजुबहिनी, ९५ वर्षको उमेरमा स्नातकको पढाइ पूरा « Khabarhub

संसारलाई चकित पार्ने दाजुबहिनी, ९५ वर्षको उमेरमा स्नातकको पढाइ पूरा


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसलाई पढाइका लागि उमेरले छेक्दैन भन्ने उदाहरण अमेरिकाका दाजुबहिनीले प्रस्तुत गरेका छन् । ९५ वर्षिय दाजु र ९४ वर्षिया बहिनीले स्नातक तहको पढाइमा सफलता हासिल गर्दै संसारलाई चकित तुल्याएका छन् । जर्ज रेमिरेज र एनिता रेमिरेज नाम गरेका दाजुबहिनीले ८० वर्षभन्दा लामो समय बितेपछि स्नातक तहको पढाइ पूरा गरेका हुन् ।

जर्ज रेमिरेज जवान उमेरको हुँदा तत्कालिन समयमा विश्व युद्ध चलिरहेको थियो । यहीक्रममा घरको आर्थिक अवस्था पनि नाजुक हुँदै गएपछि उनले आफ्नो पढाइ छाडेर जागिर खान थालेका थिए ।

रोजगारीकै शिलशिलामा उनले अमेरिकन आर्मीको ट्यांक ड्राइभरको रुपमा काम गरेका थिए । त्यसपछि पल्टनबाट घर फर्किएका उनले विवाह गरे । अहिले उनको सात जना छोराछोरी छन् ।

जर्ज तथा एनिताले आफ्नो घरपरिवार तथा देशका निम्ति लड्ने क्रममा विद्यालयको पढाइ छाडेका थिए । पढाइ छाडेका यी दाजुबहिनीले दशकौँ पछि फेरि आफ्नो पढ्ने इच्छा पूरा गरेका हुन् ।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ७ : २९ बजे

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी

त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

चितवन – चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै

भोटेकोशी बाढी : तनहुँमा ६ शव भेटिए

तनहुँ – भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडाैं – रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा