सीसीपीसँग सम्बन्ध रहेको भन्दै धेरै मुलुकका कम्फ्युसियस इन्टिच्युटमा कडाइ « Khabarhub

सीसीपीसँग सम्बन्ध रहेको भन्दै धेरै मुलुकका कम्फ्युसियस इन्टिच्युटमा कडाइ


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राज्य अमेरिकालगायत विश्वका धेरै मुलुकहरूले कन्फ्युसियन इन्सिटच्युट र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्ध रहेको भन्दै कडाइ गरेका छन्।

अमेरिकासँगै, जर्मनी, नेदरल्याण्डलगायतका मुलुकहरूका यस्ता दोहोरो प्रकृतिका चिनियाँ संगठनहरूमाथि कडाइ गर्न थालेका छन्।

कन्फ्युसियस इन्टिच्युट चिनियाँ कलेज र विश्वविद्यालय र अन्य कलेज र विश्वविद्ययालयसँगको सार्वजनिक शिक्षा साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भएका संस्था हो। तर, पछिल्लो समय विवादस्पद चिनियाँ कम्युनिस्ट पार्टीले उक्त संस्थाहरूलाई लगानी गरेको भन्ने खुलासा भएसँगै यस्ता इन्स्टिच्युटहरूमा कडाइ गरिएको हो।

कन्फ्युसियस इन्स्टिच्युटलाई चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो प्रचार उपकरणको रुपमा प्रयोग गर्न थालेको आरोपसमेत लगाइएको छ। पछिल्लो समय विभिन्न मुलुकहरूले कन्फ्युसियन इन्टिच्युटहरू बन्दसमेत गराएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ विचारधाराको बजारीकरणका लागि यस्ता संस्थाहरूलाई प्रयोग गर्न थालेको भन्दै अस्ट्रेलियालगायतका मुलुककरुले कन्फ्युसियस इन्स्टिच्युट बन्द गराएका हुन्।

फ्रान्सको रक्षा मन्त्रालयले पछिल्लो समय सार्वजनिक गरेको चिनियाँ प्रभावका विस्तारका गतिविधि शीर्षकको रिपोर्टमा कन्फ्युसियस इन्स्टिच्यटमार्फत चिनियाँ विचारधारालाई प्रबर्दधन गर्ने र चीन विरोधी गतिविधिहरू रोक्न भूमिका खेल्ने गरेका पाइएको उल्लेख छ।

पछिल्लो समय चिनियाँ कम्युनिस्ट पार्टीले विश्वभर रहेका चिनियाँ समुदाय, सञ्चारमाध्यम, कूटनीतिज्ञ र अन्य विभिन्न संगसंस्थाहरूमार्फत चिनियाँ राजनीति र विचारधाराको प्रभाव विस्तारका लागि परिचालन गर्ने गरेको पाइएको छ। सन् २००४ देखि चिनियाँ सरकारले कन्फ्युसियन इन्स्टिच्युटमा लगानी गर्ने गरेको खुलासा भएको हो।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ३ : ३० बजे

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय