नेप्सेमा दोहोरो अङ्कको ओरालो | Khabarhub Khabarhub

नेप्सेमा दोहोरो अङ्कको ओरालो


२७ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ११.९६ अङ्कले घटेर दुई हजार ८०१.५६ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७० अङ्कले ओरालो लागेर ५२७.२८ मा ओर्लेको छ ।

नेप्सेको ओरोलो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर रु तीन अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ५९ अर्ब ६४ करोड ८५ लाख ३० हजारको आसपास ओर्लेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । व्यापार ४६.४६, अन्य १२.५१ र सामूहिक लगानी कोष ०.०३ अङ्कले उकालो लागेको छ । यस्तै बैंकिङ १०.७९, होटल तथा पर्यटन १९.७२, विकास बैंक २८.९१, जलविद्युत् २७.७६, वित्त १२.७५, निर्जीवन बिमा ८१.०७, उत्पादन १.२९, लघुवित्त ३७.२५, जीवन बिमा १३.३७ र लगानी ०.५६ अङ्कले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु २५ करोड ४८ लाख ३९ हजार ५६४ बराबरको कारोबार भयो । यस्तै नेशनल हाइड्रोपावर रु २२ करोड ४० लाख १५ हजार ४५९, आइएमई जनरल इन्स्योरेन्स रु १९ करोड ८१ लाख ८७ हजार १४६, अरुण भ्याली हाइड्रोपावर रु १६ करोड २६ लाख ३८ हजार ९५४ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ७१ लाख ६० हजार २२९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार नबिल इक्विटी फण्ड २.७६, सिन्धु विकास बैंक २.२०, कुमारी इक्विटी फण्ड २.०७, एनएमबी फिप्टी २.०६ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले २.०६ प्रतिशतले कमाए ।

त्यस्तै मिथिला लघुवित्त ४, ग्लोबल आइएमई समुन्नत स्किम एक ३.२०, नेरुडे लघुवित्त विकास बैंक ३.२०, नेपाल फाइनान्स ३.१० र बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३.०६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार  ६ : ३७ बजे

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।

डेढ दशकदेखि खानेपानी आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका– ३ सिसाखानीमा खानेपानी आयोजना सुरु भएको

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

भोजपुर– भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ ।