के लामो सास लिँदा सम्झने शक्ति बढ्छ ? | Khabarhub Khabarhub

के लामो सास लिँदा सम्झने शक्ति बढ्छ ?


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै चिन्ता, तनाव वा काम फत्ते भयो भने मानिस लामो सास लिन्छन् । चिकित्सक समेत मनलाई स्थिर बनाउन, तनाव कम गर्न, रिस उठेको बेला लगायतमा लामो सास लिन सल्लाह दिन्छन् । कतिपयले यसलाई गम्भीरतापूर्वक लिँदैनन् । तर लामो गहिरो सास लिनु स्वास्थ्यका लागि भने निकै लाभदायक हुन्छ ।

बेलायतको नर्थवेस्टर्न विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार लामो सास तान्दा मानिसको स्मरण शक्ति बढ्छ । तर सास तान्दा केले तान्दै हुनुहुन्छ भन्ने महत्त्वपूर्ण हुन्छ । नाकले सास तान्ने र मुखबाट सास फाल्दा मानिसले कुराहरू राम्ररी सम्झने अनुसन्धानले देखाएको छ। तर मुखबाट सास लिँदा भने स्मरण शक्ति नबढ्ने देखिएको छ ।

अध्ययनको परीक्षणमा भाग लिएकाहरू मध्ये चित्र देखाएर सास लिन लगाइएको थियो । निकै पछि उनीहरूलाई त्यो चित्रका बारेमा बताउन लगाउँदा उनीहरूले दुरुस्तै बताएका थिए । त्यसैले दैनिक बिहान बेलुका लामो सास लिँदा स्वास्थ्यमा धेरै फाइदा हुने देखिएको छ।

साभार : द डेली मेल

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : ४१ बजे

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी