भ्यालेन्टाइनमा खुलेका सनम – उषा « Khabarhub

भ्यालेन्टाइनमा खुलेका सनम – उषा


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । आफ्नो प्रेम अभिव्यक्ति गर्ने यो सुनौलो दिन । प्रेम गर्न चाहने जोकोही जोडी यो दिनको प्रतिक्षामा हुन्छन् । रातो गुलाब र रातो पहिरन यो दिनको विशेषता नै हो । एकअर्काको प्रेम अभिव्यक्त गर्न चाहने जोकोहीलाई यो दिन एउटा सुनौलो दिन नै भन्दा फरक नपर्ला । यसपटकको

भ्यालेन्टाइनमा खबरहब ब्लोअपमा मोडल सनम कठायत र उषा उप्रेती प्रस्तुत भए । रातो पहिरनमा देखिएका उनीहरु निकै चित्ताकर्षक देखिएका छन् । यी दुवै मोडल नेपाली म्यूजिक भिडियोमा संघर्षरत मोडल हुन् । कामको अनुभवलाई हेर्ने हो भने सनम उषाभन्दा केही सिनियर हुन् । सनम एक दशकयता नेपाली म्यूजिक भिडियोमा सक्रिय छन् ।

करिव ६ सय म्युजिक भिडियोमा अभिनय गरिसकेका सनमले दर्जनौं पटक राष्ट्रियस्तरका विभिन्न अवार्डहरु जितिसकेका छन् । सुक्ष्म जीवविज्ञानमा स्नातकोत्तर गरेका सनम पेशागत हिसाबले स्वास्थ्यकर्मीसमेत हुन ।

उनले आफु दुःखी, अन्त माया, दोष, किन मरिनँ म, भूपु माया, तिम्रो संसार, पहिलो माया जस्ता दर्जनौं सफल म्युजिक भिडियोमा आफ्नो अभिनय क्षमता देखाइसकेका छन् । मोडल सनम म्युजिक भिडियो कलाकार संघका कार्यसमिति सदस्य समेत रहेका छन । केही फिल्मको स्क्रिप्ट हेरिरहेका सनम चाँडै नै फिल्ममा देखिँदैनछन् ।

यो जोडीको मेकअप फेसियल हाउसले गरेको हो भने पहिरनको डिजाइन कुसुम बुटिकले गरेको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ५५ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला