यसो गर्नुहोस् ओठ फुट्न नदिन, फुटिहाले उपाय जानिराख्नुहोस्  « Khabarhub

यसो गर्नुहोस् ओठ फुट्न नदिन, फुटिहाले उपाय जानिराख्नुहोस् 



चिसो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरू देखिन्छन् । तीमध्येमा एक ओठ फुट्ने समस्या पनि हो । ओठ फुटेमा आकर्षक नदेखिनुका साथै आफैँलाई असजिलो महसुस पनि हुने गर्दछ। त्यति मात्र होइन ओठ पोल्ने, केही खानेकुरा खान गाह्रो हुने लगायतका समस्या देखिन्छन् । त्यसैले ओठ फुट्नुभन्दा अघि नै ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ।

यस्ता छन् ओठ फुट्ने कारण :

-चिसो तथा सुख्खा मौसम ।

-हरियो सागसब्जी तथा फलफूल कम खानु।

– खानेपानी कम पिउनु ।

-कम गुणस्तरको लिपबाम तथा लिपस्टिक लगाउनु ।

-बारम्बार जिब्रोले ओठ चलाउनु ।

-जाँड रक्सी र चुरोट सेवन गर्नु ।

के हुन्  ? रोकथामका उपाय 

– घर बाहिर निस्कँदा चिल्लो पदार्थहरु मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाएर मात्र निस्कनुपर्छ ।

– जाडोको समयमा ओठ मात्र होइन, छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

– बाहिर बजारमा पाइने जुनसुकै क्रिम पनि ओठमा लगाउन हुँदैन ।

– समय-समयमा ओठमा लिपबाम लगाउने गर्नुपर्छ । भिटामिन ई भएको लिपबाम लगाउनु राम्रो हुन्छ ।

– ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नुहुँदैन । यसो गर्दा घाउ भएर समस्या झन् बढ्छ ।

– यदि ओठ फुटेर घाउ नै भयो भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ ।

(ओम अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा. रिता श्रेष्ठसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : ५२ बजे

तत्काल बजार भाउ घटाउन मन्त्री यादवको कडा निर्देशन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न

प्रतिनिधिसभामा बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकमा ‘बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ र

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

ढाका- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद