यसो गर्नुहोस् ओठ फुट्न नदिन, फुटिहाले उपाय जानिराख्नुहोस्  | Khabarhub Khabarhub

यसो गर्नुहोस् ओठ फुट्न नदिन, फुटिहाले उपाय जानिराख्नुहोस् 



चिसो मौसममा विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरू देखिन्छन् । तीमध्येमा एक ओठ फुट्ने समस्या पनि हो । ओठ फुटेमा आकर्षक नदेखिनुका साथै आफैँलाई असजिलो महसुस पनि हुने गर्दछ। त्यति मात्र होइन ओठ पोल्ने, केही खानेकुरा खान गाह्रो हुने लगायतका समस्या देखिन्छन् । त्यसैले ओठ फुट्नुभन्दा अघि नै ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ।

यस्ता छन् ओठ फुट्ने कारण :

-चिसो तथा सुख्खा मौसम ।

-हरियो सागसब्जी तथा फलफूल कम खानु।

– खानेपानी कम पिउनु ।

-कम गुणस्तरको लिपबाम तथा लिपस्टिक लगाउनु ।

-बारम्बार जिब्रोले ओठ चलाउनु ।

-जाँड रक्सी र चुरोट सेवन गर्नु ।

के हुन्  ? रोकथामका उपाय 

– घर बाहिर निस्कँदा चिल्लो पदार्थहरु मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाएर मात्र निस्कनुपर्छ ।

– जाडोको समयमा ओठ मात्र होइन, छाला पनि फुट्ने भएकाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

– बाहिर बजारमा पाइने जुनसुकै क्रिम पनि ओठमा लगाउन हुँदैन ।

– समय-समयमा ओठमा लिपबाम लगाउने गर्नुपर्छ । भिटामिन ई भएको लिपबाम लगाउनु राम्रो हुन्छ ।

– ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नुहुँदैन । यसो गर्दा घाउ भएर समस्या झन् बढ्छ ।

– यदि ओठ फुटेर घाउ नै भयो भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ ।

(ओम अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा. रिता श्रेष्ठसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : ५२ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार