‘प्रेमगञ्ज’मा मैना बनिन् बेनिशा | Khabarhub Khabarhub

‘प्रेमगञ्ज’मा मैना बनिन् बेनिशा


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भ्यालेन्टाइनको दिन पारेर फिल्म ‘प्रेमगञ्ज’ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै फिल्मको पहिलो अनुहार सार्वजनिक गरेको हो । चरित्रमा बेनिशा सुन्दर देखिएकी छिन् ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक परिच्छेद सेनले जानकारी गराए ।

‘हामी धमाधम सम्पादनको काम गरिरहेका छौँ । अवस्था अनुकुल भयो भने हामी जेठमा प्रदर्शन गर्ने गरी मिति हेरिरहेका छौँ,’ परिच्छेदले भने । यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ।

सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ४ : ०७ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते