क्यानडामा खोप विरोधी प्रदर्शनकारीको बैंक अकाउन्ट रोक्का गर्ने « Khabarhub

क्यानडामा खोप विरोधी प्रदर्शनकारीको बैंक अकाउन्ट रोक्का गर्ने


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा- कोभिड खोपविरोधी आन्दोलन उग्र बनेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यसलाई रोक्न अप्रत्यासित कदम चालेका छन्। खोप विरोधी अभियान नियन्त्रणका लागि सरकारले आपतकालीन ऐन ल्याएका हुन्।

सरकारले चाल्ने कदमको क्षेत्र ‘समय-सीमित’, ‘उचित र समानुपातिक’ हुने तर सेना परिचालन नहुने प्रधानमन्त्रीले बताएका छन्।

नयाँ कानुनअनुसार सरकारले अदालतको आदेशबिना प्रदर्शनमा सहभागी हुने जोकोहीको बैंक अकाउन्ट बन्द गर्नेछ।

सयौं प्रदर्शनकारी क्यानडाको राजधानीमा छन्।
क्यानडेलीलाई सुरक्षित गर्न सरकारले नयाँ कानुन ल्याएको प्रधानमन्त्रीले बताएका छन्। प्रदर्शनकारीलाई कैद वा जरिमाना गर्न र महत्वपूर्ण पूर्वाधार रक्षाका लागि प्रहरीलाई ‘बढी औजार’ दिइने उनले बताए।

आइतबार कानुन कार्यान्वयन निकायले खोप विरोधी प्रदर्शनकारीलाई विन्डसोरस्थित एम्बास्डर ब्रिजबाट प्रदर्शनकारी हटाइएको थियो। सो ब्रिज क्यानडा—अमेरिका व्यापारको एउटा महत्वपूर्ण मार्ग हो।

सरकारले क्यानडबाट अमेरिका जाने ट्रक चालकलाई अनिवार्य खोपको प्रावधान ल्याएको थियो।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : २१ बजे

नेपालको शिक्षामा सहकार्य गर्न नर्वे सरकार उत्सुक

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

सरकारले खारेज गर्याे भूमि आयोग

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ

कांग्रेसले भन्यो : भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक

काठमाडौं – लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

इरानी क्षेप्यास्त्र आक्रमणपछि यूएईले भन्यो : खतरा नियन्त्रणमा छ

काठमाडौं – मध्यपूर्वमा इरान र अमेरिकाबीच भएको युद्धविरामपछि पुनः तनाव

इरानद्वारा पुनः हमला सुरु, अबुधाबीमा विस्फोटको आवाज सुनियो

काठमाडौं – सोमबार इरानले पुनः क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ