नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादनको बैठक जारी « Khabarhub

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादनको बैठक जारी


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालय सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।

गत बिहीबार सुरु भएको बैठकमा अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन गर्ने, म्याद समाप्त भएका भ्रातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन गराउने विषयमा छलफल भइरहेको छ ।

छलफल सकिए बैठकका निर्णय आजै सुनाउने रिजालले बताए । बैठकको एजेन्डामा नभए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महअभियोगबारे

पनि छलफल हुँदैछ । महाअभियोग दर्ता भइसकेपछि पार्टीको अबको राणनीतिबारे बैठकमा छलफल गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले यसअघि आजै बिहान बसेको संसदीय दलको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी प्रस्ताव सदनमा अघि बढाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ३ : ३७ बजे

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति