भन्सार छलेको पाँच लाखका सामग्री बरामद « Khabarhub

भन्सार छलेको पाँच लाखका सामग्री बरामद


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – भन्सार छली गरेर ल्याइएको करिब रु पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी र रेडबुल मङ्गलबार साँझ प्रहरीले कावासोतीबाट बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले लु१क ४६० नंको मिनीट्रकमा लुकाएर ल्याएको अवस्थामा चिनी र रेडबुल बरामद गरिएको जानकारी दिए। नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को रामग्राम नगरपालिका–१ का ४० वर्षीय पशुपति चमारले चलाएको उक्त सवारीसाधन जाँच गर्ने क्रममा चिउराको भुसले छोपेर ल्याउँदै गरेको बिनाबिलको ५० किलो तौलका १०० बोरा चिनी तथा १५ कार्टुन रेडबुल बरामद गरिएको गिरीले बताए ।

प्रहरीले बरामद गरेको उक्त चिनीको मूल्य रु चार लाख तथा रेडबुलको मूल्य रु ९० हजार पर्छ । बरामद गरिएको सामग्रीसहित ट्रक र चालक तथा रामग्राम नगरपालिका–१ का ४१ वर्षीय हिरामणि मिश्रलाई महेशपुर भन्सार कार्यालयको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १२ : ४५ बजे

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको