नाग्म–गमगढी खण्डको ५२ किलोमिटर ग्राभेल « Khabarhub

नाग्म–गमगढी खण्डको ५२ किलोमिटर ग्राभेल


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगढी खण्डको ५२ किलोमिटर सडक ग्राभेल भएको छ । डिभिजन सडक कार्यालय जुम्लाले अलपत्र परेको तल्लो क्षेत्रको खण्ड ग्राभेल सकेको हो । डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले नाग्म–गमगढी राजमार्गको ९३ किलोमिटर सडकको स्तरवृद्धि भइरहेको बताए ।

जुम्ला र कालिकोटको सीमा नाग्मदेखि हिमा गाउँपालिकासम्मको खण्डमा पनि काम भइरहेको छ । सो क्षेत्रको ठेक्का पाँच वर्षदेखि बाँकी ६ किलोमिटरसम्म काम हुन सकेको थिएन । अहिले स्थानीय निर्माण व्यवसायी बलीबहादुर शाहीले निर्माण गरिरहेका छन् । अब सो काम अन्तिम टुंगो लाग्दैछ ।

राजमार्गको विभिन्न स्थानमा गरी अहिले ५२ किलोमिटर ग्राभेल कार्य भईसकेको र अन्य काम अगाडि बढाईने डिभिजन सडकले जनाएको छ । सो क्षेत्रमा अप्ठ्यारो स्थान निर्माणका लागि अगाडि बढाइएको छ । मुगुको गमगढीबाट ताल्चासम्मको सडक कङ्क्रिट सिमेन्टले निर्माण गर्न थालिएको डिभिजन सडकले जनाएको छ ।

त्यस्तै डिभिजन सडकका प्रमुख राजेन्द्र श्रेष्ठका अनुसार नाग्म गमगढी राजमार्ग स्तरवृद्धिका लागि प्रथामिकताका साथ काम भइरहेको छ । उनले अब त्यहाँको काम तीव्रगतिमा अगाडि बढ्नेमा जोड दिए ।

१० वटा पुलको सम्झौता
नाग्म गमगढी अर्थात रारा सिञ्जा राजमार्गका विभिन्न क्षेत्रमा १० वटा पुलहरू पनि बन्ने भएका छन् । इन्जिनियर सन्तोष भण्डारीका अनुसार सडक विभागको पुल महाशाखा अन्तर्गत नाग्म, बाजागाडासहित विभिन्न खोलाका १० वटा पुल ठेक्का प्रक्रियामा गई सम्झौता समेत अगाडि बढेको बताए ।

२० किमी कालोपत्रे हुने
नाग्म गमगडि राजमार्गको २० किलोमिटर क्षेत्र कालोपत्रे हुने भएको छ । डिभिजन सड्क कार्यालयका अनुसार सरकारको यो बर्षको बजेट योजनाअनुसार २० किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने योजना छ । यो बर्ष सो योजनालाई प्रथामिकता दिने कार्यालयको जोड रहेको कार्यालय प्रमुख श्रेष्ठले बताए । उनले भने, कालोपत्रेका लागि अर्थ मन्त्रालयमा स्वीकृत मागिएको छ ।

सडककै कारण पर्यटकलाई सास्ती
राराताल जाने सडक र खस सभ्यताको उत्पतिस्थल भनेर चिनिने सिञ्जा क्षेत्रमा जाने पर्यटकले वर्षेनि सास्ती भोग्दै आएका छन् । पर्यटकीय दृष्टिकोणले यही राजमार्गमार्फत आवतजावत गर्नु पर्ने तर सडकको स्तरवृद्धि नहुँदा बर्षौदेखि नागरिकले सास्ती पाएका हुन् । अहिले पनि पानीमा हिलो र घाममा धुलो यस राजमार्गका यात्रुहरूले सास्ती भोग्ने गरेका छन् ।

अब ग्राभेलसहित कालोपत्रे भएमा भने सजिलो हुने भएको छ । सडककै कारण त्यहाँ उत्पादिन कृषि बाली तथा स्याउ ओखरसहित फलफूल निर्यात गर्न कठिन हुने गरेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  २ : ३० बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा