इनारमा खस्दा विवाह समारोहमा उपस्थित १३ जनाको मृत्यु « Khabarhub

इनारमा खस्दा विवाह समारोहमा उपस्थित १३ जनाको मृत्यु


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा एउटा विवाह समारोहमा अकस्मात एउटा इनारभित्र खस्दा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका पनि छन् । उत्तर प्रदेशको कुशिनगर जिल्लाको एउटा गाउँमा गए राति सो दुःखद घटना भएको हो ।

अधिकारीहरुका अनुसार विवाह समारोहमा एउटा पुरानो इनारलाई छोपेको स्ल्याबमा महिला र बालबालिका बसेका थिए । उनीहरुको तौल धान्न नसकेर सो स्ल्याब भत्किदा त्यहाँ बसेका सबै जना इनारभित्र खसेका थिए । डुबेकालाई उद्दार गरी अस्पताल लगिएको थियो । अस्पतालले उनीहरुलाई तत्काल मृत घोषणा गरेको थियो । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका पीडितको शोकमा डुबेका आफन्त विवाहको पहिरमा अस्पताल पुगेका थिए । ‘इनारमा खस्दा १३ जनाको मृत्यु र दुई जना गम्भीर घाईते भएका छन्,’ जिल्ला म्याजिस्ट्रेट एस राजालिंगमले भने ।

करिव १० बजे ५० देखि ६० महिला, युवती तथा बालबालिकाहरू विवाहमा मनाइने परम्पराअनुसार इनारमा पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनलाई ह्दयबिदारक भन्दै घाइतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ११ : ४२ बजे

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण

जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छ : अभिनेता खड्का

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका स्थापित र लोकप्रिय अभिनेता प्रदीप खड्का

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका