ड्रोन र हेलिकोप्टबाट नरभक्षी सार्कको खोजी « Khabarhub

ड्रोन र हेलिकोप्टबाट नरभक्षी सार्कको खोजी


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी– सार्कको आक्रमणमा एक बेलायती पौडीबाजको मृत्युपछि बन्द गरिएका सिड्नीका समुद्री तटहरु खुलेका छन् । पौडी खेल्न गएका एक बेलायतीको सार्कको आक्रमणमा मृत्यु भएपछि सिड्नीका समुद्री तट बन्द गरिएको थियो । सार्कको आक्रमणमा ५९ वर्षपछि पहिलो पटक बुधबार एक जनाको मृत्यु भएको थियो ।

पूर्वी सिड्नीको समुद्री तटमा पौडी खेल्ने क्रममा बेलायतका ३५ वर्षीय सिमोन नेलिस्टको मृत्यु भएको थियो । समुद्री तट खुला गरिए पनि आइतबारका लागि तोकिएको एउटा लोकप्रिय परोपकारी पौडी रद्द गरिएको छ ।

३ मिटर लामो सो नरभक्षी सार्क मार्न राज्यका अधिकारीहरुले खोजी कार्य तीव्र पारेका छन् । सार्क फेला पार्न जेट स्कीमा सर्फ लाइफसेभरहरूले शहरको पूर्वमा बोन्डीदेखि दक्षिणमा क्रोनुल्लासम्म गस्ती गरेका थिए ।

सार्कलाई चारा दिन प्रयोग गरिने ड्रम लाइनहरू तटीय क्षेत्रमा राखिएको विवरण पनि सार्वजनिक भएका छन् । सार्कका गतिविधिहरु पत्ता लगाउन हेलिकोप्टर र ड्रोन परिचालन गरिएका छन् ।

आक्रमणपछि बिहीबार समुद्री तटमा पौडीबाजलाई जान रोक लगाइएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १ : ३० बजे

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ– घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही