विश्वमा कोरोना संक्रमितको संख्या ४२ करोड « Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या ४२ करोड


६ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा कोरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघेको छ । पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएपछि कूल सख्या ४२ करोड नाघेको हो ।

वल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म विश्वमा ४२ करोड ३ लाख ६० हजार २२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

विश्वका १० देशमा कोरोना संक्रमण पुष्टी हुनेको कूल संख्या एक करोडभन्दा माथि रहेको छ । ती देशमा अमेरिका, भारत, ब्राजिल, फ्रान्स, बेलायत, रुस, टर्की, जर्मनी, इटाली र स्पेन छन् ।

सबैभन्दा बढी कोरोना संक्रमित रहेको प्रमुख १० देशमा एक/एक वटा एसियाली र दक्षिण अमेरिकी राष्ट्र छन् । सबैभन्दा बढी कोरोना संक्रमण भएको प्रमुख १० राष्ट्रमा एउटा उत्तर अमेरिकी र ७ वटा युरोपेली राष्ट्र छन् ।

संक्रमितमध्ये सबैभन्दा ठूलो संख्या अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ७ करोड ९९ लाख १५ हजार ७३४ जनामा संक्रमण पुष्टी भइसकेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित भारतमा रहेका छन् । भारतमा ४ करोड २७ लाख ८० हजार २३५ जनामा कोरोना संक्रमण भएको छ ।

हालसम्म ब्राजिलमा २ करोड ७९ लाख ४१ हजार ४७६, फ्रान्समा २ करोड २० लाख ६८ हजार ६३५, बेलायतमा १ करोड ८४ लाख ९९ हजार ५८, रुसमा १ करोड ४८ लाख ९९ हजार ५८, टर्कीमा १ करोड ३२ लाख ६६ हजार २६६, जर्मनीमा १ करोड ३१ लाख ५४ हजार ५४१, इटालीमा १ करोड २३ लाख २३ हजार ३९८ र स्पेनमा १ करोड ७ लाख ७८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

विश्वमा रहेका कूल कोरोना संक्रमितमध्ये हालसम्म ३४ करोड ४३ लाख १८ हजार ८७७ जना निको भइसकेका छन् ।

अमेरिकामा सबैभन्दा बढीको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वमा ५८ लाख ८२ हजार ६३ जनाको मृत्यु भइसकेको छ ।

वल्डोमिटर्सको तथ्याङ्क अनुसार कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिका, ब्राजिल, भारत, रुस, फ्रान्स, बेलायत, जर्मनी, इटाली, अर्जेन्टिना, इरान, कोलम्बीया, मेक्सिको, इन्डोनेसिया, युक्रेन र पेरुमा भएको छ । यी प्रत्येक राष्ट्रमा कोरोनाका कारण एक लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।

कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ९ लाख ५५ हजार ४९७ जनाको मृत्यु भएको छ । अमेरिकापछि मृत्यु हुनेको दोस्रो ठूलो संख्या ब्राजिलमा रहेको छ । ब्राजिलमा ६ लाख ४१ हजार ९९७ जनाको मृत्यु भएको छ ।

वल्डोमिटर्सका अनुसार हालसम्म कोरोनाका कारण भारतमा ५ लाख १० हजार ९३७, फ्रान्समा १ लाख ३६ हजार १४२, बेलायतमा १ लाख ६० हजार २२१, रुसमा ३ लाख ४३ हजार १७३, जर्मनीमा १ लाख २१ हजार ४४७, इटालीमा १ लाख ५२ हजार २८२, अर्जेन्टिनामा १ लाख २४ हजार ९२४, इरानमा १ लाख ३४ हजार ४२०, कोलम्बीयामा १ लाख ३७ हजार ७३३, मेक्सीकोमा ३ लाख १४ हजार ५९८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ३ : ३० बजे

दश बुँदे घोषणापत्र जारी गर्दै ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न

गण्डकी- पर्यटकीय गन्तव्य तनहुँको बन्दीपुरमा सञ्चालित ‘गाउँ पर्यटन मार्ट २०८३’

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने