आजको दिन गौरवपूर्ण र अविस्मरणीय : अध्यक्ष तिमिल्सिना « Khabarhub

आजको दिन गौरवपूर्ण र अविस्मरणीय : अध्यक्ष तिमिल्सिना


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रजातन्त्रकै जगमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको बताएका छन् ।

७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस-२०७८ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्बिको शुभकामना व्यक्त गर्दै तिमिल्सिनाले राज्यशक्तिको स्रोत जनता हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई हामीले स्थापित र कार्यान्वयन गर्न सकेको बताएका छन् । ‘वीर सहिदको बलिदानबाट जहानिया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्न सफल भएकोले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ,’ उनले सन्देशमा भनेका छन् ।

२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्‍कुस राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उनले बताएका छन् ।

‘विकसित र समृद्ब नेपाल निर्माणका लागि राष्ट्रिय एकता आजको आवश्यकता हो। तर सङ्‍कीर्ण स्वार्थका लागि जेजस्ता गतिविधि भइरहेका छन् त्यस्ता प्रवृत्ति प्रति सम्पूर्ण राजनीतिक दलहरु र आम नेपाली जनता सजग र सचेत हुन आवश्यक छ। व्यक्तिगत र दलगत सङ्‍कीर्ण स्वार्थ त्यागेर राष्ट्र निर्माणको महान अभियानका लागि सबै राजनीतिक दलहरु बीचको सहमतिले शहिदहरु प्रतिको सम्मान हुने छ,’ तिमल्सिनाले भनेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ५९ बजे

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान