कांग्रेस महासमिति सदस्यका लागि लमजुङमा १४ फागुनमा मतदान हुने « Khabarhub

कांग्रेस महासमिति सदस्यका लागि लमजुङमा १४ फागुनमा मतदान हुने


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाली कांग्रेस लमजुङले केन्द्रीय महासमिति सदस्य पदका लागि १४ फागुनमा निर्वाचनको मिति तय गरेको छ । यसअघि मंसिर पहिलो साता निर्वाचन सकेको कांग्रेसले ३ महिनापछि महासमिति सदस्य पदका लागि निर्वाचन गर्न लागेको हो ।

जिल्ला अधिवेशन सकिएलगत्तै महासमिति सदस्य पदमा निर्वाचन गर्नुपर्नेमा निर्वाचनका कारण पार्टीका प्रतिनिधि, उम्मेदवार, आयोजक, निर्वाचन कर्मचारीलगायत सवैमा थकान भएपछि पछि सारिएको कांग्रेसले बताएको थियो ।

कांग्रेस नेता कार्यकर्ता गुट-उपगुटमा लागेपछि त्यतिबेला महासमिति सदस्य पदको निर्वाचन गर्न कांग्रेसलाई गाह्रो परेको थियो । अहिले प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सकिएपछि जिल्लामा महासमितिकिो निर्वाचन गर्न कांग्रेस तत्पर देखिएको हो ।

कांग्रेसको महासमिति सदस्य निर्वाचन कार्यातालिका अनुसार मतदाता नामावली शुक्रबार प्रकाशन भएको थियो । आज दिउँसो १ बजेसम्म उमेदवारको मनोनयन फिर्ताको समय राखिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाशन आजै हुनेछ । मतदान कार्य १४ फागुन बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म हुने छ । मतदान सकिएपछि मतगणना हुनेछ । मतगणना सकिएपछि नतिजा प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यालय, लमजुङमा हुने छ।

केन्द्रीय महासमिति सदस्य पदका उमेदवारले मनोनयनका लागि १४ हजार रुपियाँ बुझाउनुपर्ने छ । कांग्रेसको विधानको धारा ११ को उपधारा ३ (क) बमोजिम केन्द्रीय महासमिति सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन ११ पदमा हुने छ । महिला सदस्य (प्रत्यक्ष) २ जना, खुला सदस्य (प्रत्यक्ष) ५ जना, महिला, दलित, आदीवाशी जनजाती, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट ४ जना निर्वाचित हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ९ : ०८ बजे

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि