‘तिम्रो मायाले बाँधेर राख’ को कभर गीतले झण्डै कुटाइ खाइनँ : एलिना | Khabarhub Khabarhub

‘तिम्रो मायाले बाँधेर राख’ को कभर गीतले झण्डै कुटाइ खाइनँ : एलिना


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कभर गीत ‘तिम्रो मायाले बाँधेर राख’ गाएर चर्चामा आएकी गायिका एलिना चौहानले कभर गीत गाएकै कारणले दुर्व्यवहार सहनु परेको गुनासो गरेकी छिन् ।

कभर गरेको गीत युट्युबमा ७८ लाख भन्दा बढी पटक हेरिएको थियो । यो गीत भिडियो ब्लगिङ साइट टिकटकमा पनि खुबै कभर गरिएको थियो । पछिल्लो समय चौहान यही गीतका कारण चर्चामा थिइन् । उनको चर्चासँगै गीतका स्रष्टाले युट्युबमा आफ्नो नाम राख्न भनेका थिए । स्रष्टाले भनेपछि उनले आफ्नो गीतमा गायक श्याम कार्कीको नाम समेत थपेकी थिइन् । तर, वास्तविक गीतको टिमले पछिल्लो समय यो गीतलाई युट्युबबाट ‘कपीराइट क्लेम’ गरेर हटाएको चौहानले बताइन् ।

‘मैले यो गीत कभर गर्ने बेलामा पनि सोधेर गरेकी थिएँ, श्याम (कार्की) दाइले मलाई गाऊ भन्नुभएको थियो, पछि मैले गाएँ, पहिले मोनिटाइजको कुरा गर्नुभएन,’ चौहानले खबरहबसँग कुरा गर्दै भनिन्, ‘मैले यो गीत रेकर्ड गर्दा आफ्नो पैसाले कभर गरेको हुनाले मोनिटाइज पनि गरेँ, पछि उहाँहरुले मोनिटाइजलाई लिएर प्रश्न उठाएपछि अफ गरिदिएँ ।’

चौहानले टिमले कभर गीतबाट व्यापार गरेको भन्दै आफूलाई दुर्व्यवहार गरेको उनले बताइन् । मोनिटाइज अफ गरेपछि कुरा मिलिसकेको तर पछि गीतका टिममध्येका एकले आफूलाई नचिनेको भन्दै गाली गरेको उनले बताइन् । ‘एकजनाले नचिनेको भन्दै मलाई झण्डै कुटेन, शुरुमा उहाँले मलाई तिमी एलिना हैन? भनेर प्रश्न गर्नुभयो,’ एलिनाले भनिन्, ‘मैले चिनिन भन्दा रिसाउनुभयो, मैले उहाँको अनुहार चिनेकी थिइन् तर नाम थाहा थियो, उहाँले स्टुडियोमा आएर कुट्ला झैँ गरेर मलाई दुव्यर्वहार गर्नुभयो ।’

‘जसको गीत गाएर हिट भयौ, उसलाई चिन्दिनौ, केटा भएको भए दुई गाला हान्थेँ भन्दै हकार्नुभयो,’ एलिनाले गुनासो गरिन् । उनले टिमका ती व्यक्तिले आफूलाई रातिसमेत फोन गरेर टर्चर गरेको बताइन् । पछि भने ती व्यक्तिले अर्काको काँध चढेर कोही माथि नजाने र आफ्नै गीत गाउनुपर्ने सुझाव दिएको बताइन् ।

एलिनाले अब छिट्टै नयाँ नयाँ गीत बजारमा ल्याउने तयारी गरेको बताइन् । भनिन्, ‘अब आफ्नै नयाँ गीत बजारमा आउँदैछ, फ्यानलाई प्रतीक्षा गर्न आग्रह छ ।’

एलिना चौहानले स्वर दिएको गीत ‘तिम्रो मायाले बाँधेर राख’ दर्शकले खुबै रुचाएका थिए । यो गीत हिट भए पनि अहिले भने गीत युट्युबमा उपलब्ध छैन । अहिले युट्युबमा अस्मिता अधिकारीले गाएको गीत सुन्न सकिन्छ ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ६ : ५४ बजे

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता