भोलि बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक, एमसीसी परेन « Khabarhub

भोलि बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक, एमसीसी परेन


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसद सचिवालयले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा चर्चामा रहेको एमसीसीसम्बन्धी प्रस्ताव भने परेको छैन ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

यो बैठकमा सरकारबाट एमसीसीसम्बन्धी प्रस्ताव टेबुल हुने भनिँदै आए पनि कार्यसूचीमा राखिएको छैन ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा सरकारले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/७८ पेश गर्ने विषय मात्र छ ।

यद्यपि, सरकारले बैठकअघि कार्यव्यवस्था परामर्श समितिमा छलफल गरी एमसीसीलाई कार्यसूचीमा राख्न लगाउन सक्ने सम्भावना पनि रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ०३ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको