एमसीसीको किचलो मिलाउन आरजुको ‘इन्ट्री’ | Khabarhub Khabarhub

एमसीसीको किचलो मिलाउन आरजुको ‘इन्ट्री’


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमसीसीले तरंगित नेपाली राजनीतिक किचलो उत्कर्षमा पुगेका बेला बिहीबार राति बालकोटबाट एउटा तस्वीर आयो । जहाँ प्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नी ‘फस्र्ट लेडी’ आरजु राणा र एमाले अध्यक्ष केपी शर्मा ओली छन् ।

फोटोमा देउवा र आरजुको बीच पर सोफामा आरामदायी रुपमा बसिरहेका ओली देखिन्छन् । उनी हाइसञ्चो छन् । संसद् अवरुद्ध गरेर सरकारलाई अफ्ठेरो पारेका छन् भने सत्ता गठबन्धनमा प्रचण्ड फ्याक्टरले देउवालाई आफ्नै ‘कोर्ट’मा आउनैपर्ने बाध्यतामा पारेका छन् ।

एमसीसी पारित गर्न कांग्रेसले चाहेको छ । एमाले साथ दिन पनि तयार देखिएको छ । माओवादी अध्यक्ष प्रचण्डले धोकाधडीको राजनीति गर्दा ओली र देउवालाई मिलाउन आरजुको सक्रियता बढेको बुझ्न गाह्रो छैन ।

खासगरी देउवाको ‘किचेन क्याबिनेट’ सम्हाल्दै आएकी आरजु यसपटक त्यसबाट बाहिर निस्केर एमसीसी पारित गर्ने दौडमा होमिएकी छन् । उसो त देउवाको मन्त्रिपरिषद्मा सरकारका गृहमन्त्रीभन्दा देउवा गृहमन्त्रालय बढी हाबी हुने गरेको चर्चा पनि यसअघिदेखि चल्दै आएको छ ।

सरकारका नियुक्तीदेखि महत्वपूणर् निणर्यमा आरजु निर्णायक हुने गरेको टिप्पणी पनि देउवाकै किचेन क्याबिनेटका व्यक्तिहरु बताउँछन् । यसपटक एमसीसीलाई लिएर देउवाको दौडधुप केवल चर्चामा सीमित छैन, सत्ता गठबन्धन कायम राख्ने वा गठबन्धन तोडेर भएपनि एमसीसी पारित गर्ने निर्णायक मोडमा छ ।

यो एक किसिमले देउवाको जटिल मोड हो । खासगरी सत्तामै बसेर देउवासँग प्रतिपक्षीको जस्तो दोहोरो भूमिका खेलिहरेका प्रचण्डसँग आरजु पनि रुष्ट देखिन्छिन् । बाहिर आफु हाबी भएको देखाउने तर भित्रभित्र समस्या पर्ने प्रचण्ड प्रवृत्तिविरुद्ध आरजु निर्णायक तबरमा छलफलमा उत्रिएको देखिन्छ ।

यदि आरजुको यही सक्रियता बढ्यो, प्रचण्ड र माधव नेपालको पुरानै दोहोरो चरित्र प्रस्तुत भइरहेर ओली एमसीसी पारित गर्न सहमत भए सत्ता गठबन्धनमा उथलपुथल ल्याउन ‘आरजु फ्याक्टर’ काफी हुने देखिन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : १३ बजे

चार सय ५० वर्षमा पहिलोपटक रूसमा ज्वालामुखी विस्फोट

मस्को- रुसको पूर्वी कामचट्का क्षेत्रमा चार सय ५० वर्षमा पहिलोपटक

प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन सम्पन्न, इनड्राइभले बाँड्यो विजेतालाई पुरस्कार 

काठमाडौं– इनड्राइभले काठमाडौंमा आयोजित एक कार्यक्रममा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका

बाढीले क्षतिग्रस्त बल्थलीका दुई बस्तीमा खानेपानी उपलब्ध

काभ्रेपलाञ्चोक– काभ्रेको पनौती नगरपालिका–११ स्थित बल्थलीमा सञ्चालित बाढीपहिराले क्षतिग्रस्त खानेपानी

उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउनुपर्नेमा जोड

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं उपत्यका सङ्घीय

सरकार जनताप्रति जवाफदेही हुन सकेन : डा. शेखर

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही